२ पुष २०८२, बुधबार
,
Latest
कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा मन्त्री घिसिङलाई ज्ञापनपत्र बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी हुन् रास्वपाबाट बन्ने चार मन्त्रीहरु



अ+ अ-

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने राष्ट्रिय स्वतन्त्र पार्टीबाट पाउने चार मन्त्रालय र मन्त्रीको टुंगो लागेको छ ।

रास्वपा अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बन्ने भएका छन् । यस्तै, डीपी अर्याल श्रम मन्त्री बन्ने भएका छन् भने शिक्षामन्त्रीमा रास्वपाले सुमनालाई पठाउने भएको छ ।

अर्यालको सपथ ग्रहण भइसकेको छ । यसैगरी रास्वपा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री बन्ने भएका छन् ।

आज बसेको कार्यदलको बैठकबाट रास्वपालाई गृहसहित श्रम, युवा तथा खेलकुद र शिक्षा मन्त्रालय दिने टुंगो लागेको थियो ।