४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश खतिवडा सेवा निवृत्त



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडा सेवा निवृत्त भएका छन् ।

निडर, हक्की र न्याय सम्पादनमा निकै दक्ष मानिएका खतिवडा उमेर हदका कारण सेवा निवृत्त भएका हुन् ।

२०१५ साल फागुनमा उदयपुरमा जन्मिएका खतिवडा २०७३ साल साउन १७ गते सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका थिए । त्यसअघि उनी २० वर्षभन्दा धेरै समय पुनरावेदन र जिल्ला अदालतमा काम गरेका थिए ।

उनले मदन भण्डारीको मृत्यु, दरबार हत्याकाण्डलगायत उच्चस्तरीय समितिमा समेत काम गरेका थिए ।