७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धन भत्कियो, एमालेका पदम गिरी सरकारमा जाने



file
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलको सत्ता गठबन्धन भत्किएको छ । योसँगै अब प्रधानमन्त्री दाहालले आजै मन्त्रिपरिषद् पुनर्गठन गर्ने छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अब एमालेसहित रास्वपा, राप्रपा र जसपा सहभागी हुनेछन् । यसबारे ती दलका शीर्ष नेताहरुबीच सहमति भइसकेको छ । यसबाहेकका दलहरुसँग पनि प्रधानमन्त्रीले कुरा गरिरहेका छन् ।

गएरातिसम्म चलेको बैठकमा जुटेको सहमति अनुसार माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य तोड्ने भएको हो । यद्यपि एकपटक प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवासँग आज कुरा गर्दैछन् । तर गएरातिको सहमतिबाट दाहाल पछि नफर्कने अडानमा छन् ।

पुरानै गठबन्धन फर्काउने सहमति राति जुटेछि अहिले बालकोटमा एमाले र बालुवाटारमा माओवादी केन्द्रको सचिवालय बैठक बसिरहेको छ ।

 

एमालेबाट आजै पदम गिरी सरकारमा जाने

कांग्रेससहितको सत्ता गठबन्धन भत्किएसँगै नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्ने निश्चित भएको छ । ओली निवास बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई सरकारमा पठाउने निर्णय गरेको हो । एमालेका प्रमुख सचेतक गिरी यसअघि पनि स्वास्थ्यमन्त्री बनेका थिए ।

दाहाल नेतृत्वको सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने भएका छन् ।