४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा आकस्मिक बैठकमा

एमाले, माओवादी केन्द्र, रास्वपा र जसपा आकस्मिक बैठकमा
अ+ अ-

काठमाडौं । नयाँ गठबन्धन बनाउने कसरतमा लागेका माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी आकस्मिक बैठकमा छन् ।

नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास बाल्कोटमा बसिरहेको छ । एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भए पनि पछिल्लो राजनीतिक घटनाक्रमले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग गएराति भएको छलफलका विषयमा जानकारी गराएका छन् ।

 

माओवादी केन्द्रको सचिवालय बैठक बालुवाटारमा

यता सत्तारुढ नेकपा माओवादी केन्द्रको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । गएराति एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछाने, जसपा अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो राजनीतिक घटनाको विषयमा छलफल गर्न माओवादीले सचिवालय बैठक बोलाएका हुन् ।

यता जनता समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी पनि आन्तरिक बैठकमा जुटेका छन् । राजनीतिक घटनाक्रम बढ्दै गए आजै नयाँ गठबन्धन बन्ने र नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी सरकारबाट बाहिरिने छन् ।