१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम

बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैन: गभर्नर अधिकारी

बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्दैन: गभर्नर अधिकारी
file photo
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्र माथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो । उहाँले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिनुभयो । उहाँले बैैंक वित्तीय संस्था बिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रुपमा गिराउने काम गरिरहेको दाबी गर्नुभयो ।

गभर्नर अधिकारीले बैंकका कर्मचारीहरुलाई कालोमोसो दल्ने,बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानूनी कारबाही गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकिङ उद्योगलाई धरासायी बनाउने गरी राजनीति समेत जोडिएको आंशका व्यक्त गर्नुभयो । उहाँले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताउनु भयो । उहाँले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जाने अवस्था रहेको बताउनु भयो । उहाँले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताउनु भयो । उहाँले सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानूनको परिधिभित्र ल्याउनु आवश्यक रहेको बताउनु भयो । उहाँले कानूनको परिधिमा राज्यले ल्याउनसके करेक्शन हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अराजक गतिविधिका विषयमा प्रधानमन्त्री,अर्थमन्त्री र सचिवहरुसहित बसेर छलफल गरिरहेका छौं । यो अराजकतालाई रोक्न सकेनौं भने सोचे अनुसारको कर्जाको माग हुने र कर्जा प्रवाह हुने अवस्था छै्रन । यसले एक किसिमबाट ठूलो बैंकिङ प्रणालीमा मनोबल गिराउने काम गरिरहेको छ । बैंकका कर्मचारीहरुलाई कालो मोसो दल्ने,बैंकबाट निस्कने बित्तिकै कारबाही गर्ने समूहहरु देखिएका छन् । बैंकिङ उद्योगलाई धरासायी बनाउन पाइयो भने अरु खालका राजनीति जाँसिएको देख्छु । उद्देश्य परिपूर्ति गर्ने उद्देश्यले बैंकिङ क्षेत्र र नियमन निकायलाई समेत कमजोर बनाउने गरी धाराप्रवाह रुपमा आक्रमण भइरहेको अनुभुति भइरहेको छ । बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरु कमजोर हुँदै जान्छ । अर्थतन्त्र कमजोर हुँदै जान्छ । जसबाट स्वार्थपूर्ति गर्ने दाउ हुनसक्छ । यसलाई राज्यको तर्फबाट कानूनको परिधिभित्र ल्याउनु आवश्यक छ । त्यस्तो भए यस्ता सबै कुराहरु करेक्सन हुन्छन् । कतिपय व्यक्तीहरु कानून भन्दा माथि र पर गएर गतिविधि गर्छन् । त्यो क्षेत्रमा काम गर्नेहरुले मनोवल गिराउनुपर्ने हुन्छ । अहिलेको अवस्था त्यो पाटबाट गइरहेको छ ।’

गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकर्सहरुलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैकर्सहरु आतंकित हुनुपर्ने अवस्था नभएको बताउनु भयो । उहाँले केन्द्रिय अनुसन्धान ब्यरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुच्छ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिनुभयो । उहाँले राष्ट्र बैंकले बैंकमा भएरको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताउनु भयो । उहाँले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले बंैकर्सहरु दोषी ठहर नभएर बाहिर आउने दोषी भए कानून अनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो । उहाँले केही साथीहरु पक्राउ परेभन्दैमा बंैकर्सहरु आंतकित हुन नहुने बताउनु भयो । उहाँले बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्नु भएकाले स्रोतको दुरुपयोग हुनेगरी कसैले पनि रकम चलाउन नहुने धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो,‘प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्य्रोले पक्राउ गरेको विषय छ । नेपाल प्रहरीसँग पनि छलफल गरौं । कस्तो किसिमले पक्राउ गरियो भन्दा राष्ट्र बैंकले रिफर नगरी गर्न सकिन्छ । राष्ट्र बैंकले छुट्टै अनुसन्धान गर्छ । तर प्रहरीले अहिले सहकारीको अनुसन्धान गरिरहेका रहेछ । सहकारीको छानविन गर्दा लहरोमा बैंकर्सहरु पक्राउ पर्नुभएको रहेछ । प्रहरीले यस्तो छानविन गर्दा त्यहाँ पुगेका हौं भन्नुभयो । तर यसले बैंकका कर्मचारीहरुको आत्मबल कमजोर बनाउने काम गरेको छ । छानविन नगरी यस्तो नगरिदिन भनेपछि सबै छानविन गरेर पक्राउ गरिएको भन्नुभयो । तर बैंकर्सहरु आत्तिनु पर्दैन सबैले छानविनमा सहयोग गर्न आवश्यक छ । कुनै कसुर नभए उहाँहरु निस्कि हाल्नुहुन्छ । गल्ति गर्नुभएको भए कानून अनुसारको सजाय भोग्नुपर्छ । बाहिर काम गरिराख्नु भएकाहरुले यसबाट आत्तिने आतंकित हुने हुनुहुँदैन । सरकारको अंग भएकाले सरकारको अर्को अंगले गरिरहेको छानविन सहयोग गर्नु कर्तव्य हो । यति मात्रै हो गल्ती नगर्ने फस्नुभएन गल्ती गर्नेले सजाय पाउनुपर्छ । बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्ने हो । स्रोतको दुरुपयोग हुने गरी रकम चलाउनु भएन । त्यही कारणले छानविनलाई सबैले सहयोग गर्नुपर्छ । थप आंतकित कोही कसैलाई पार्नु हुँदैन ।’

गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गर्नुभयो । उहाँले बैंकहरुसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताउनु भयो । गभर्नर अधिकारीले बैंकहरुको कोर पुँजी ८ प्रतिशत भन्दा माथि रहेकाले पनि नेपाली बैंकहरु सुरक्षित रहेको बताउनु भयो । उहाँले केही बैंकहरुलाई भने कोर पुँजीको दबाब रहेको भन्दै लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको बताउनु भयो । उहाँले पछिल्लो समय बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता रहेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुको पछिल्लो समय कर्जाको गुणस्तर कमी आएको बताउनु भयो । उहाँले बैंकहरुको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको उल्लेख गर्नुभयो । उहाँले बैंकहरुको खराब कर्जा बढ््नमा समग्र बजारको अवस्था,अर्थतन्त्रमा शिथिलता,रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ भन्ने अराजक अभिव्यक्तिहरु र असम्भव आश्वासनहरु भएको दाबी गर्नुभयो । उहाँले यसको असर प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर परेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एशियामा नै सुरक्षित र पारदर्शी प्रणाली रहेको छ । क्यापिटल इक्विटीलाई सुरक्षितको रुप हेर्न सकिन्छ । कोर पुँजी ८ प्रतिशत रहेकाले छ भने केही बैंकहरुलाई यसको दबाब रहेको महशुस गरेका छौं । लोन पोर्टफोलियो बढाउनको लागि क्यापिटल बढाउनुपर्ने स्थिति छ । बैंकहरुसँग लगानी गर्ने ६ खर्ब रुपैयाँको तरलता छ । ६ खर्ब रुपैयाँ लगानी गर्नसक्ने क्षमता छ । बैंकहरुको अर्को महत्वपूर्ण सूचक एनपीए कर्जाको गुणस्तर हो । जुन कर्जाको गुणस्तर खस्केको छ । बैंकहरुको खराव कर्जा (एनपीए) ३.४० प्रतिशत पुगेको छ । खराब कर्जा बढ््नु कारण समग्र बजारको अवस्था,अर्थतन्त्रमा सिथिलता,रिपेमेन्ट कमी, ऋणको आम्दानी क्षेमता कमी र बजारमा आएका अनावश्यक हल्ला ऋण नतिरे पनि हुन्छ ।’

‘अराजक अभिव्यक्तिहरु र असम्भव आश्वषणहरु बजारमा फैल्याएर ऋण नतिर्दा पनि हुन्छ । मैले मात्रै दिँदा अरुले नतिरे पनि हुने अवस्था आयो भन्ने जस्ता मानसिकताको कारणले ऋण उठेको छैन । जुन गलत छ । त्यसले प्रत्येक्ष रुपमा कर्जा प्रवाह र कर्जा असुलीमा पनि असर गरेको छ । यसरी बैंकहरुको कर्जा गुणस्तर कमजोर हुने अवस्था देखिएको छ । बैंकहरु सबल र सुरक्षित छन् । बचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पतीको रुपमा छ । राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तराष्ट्रिय स्तरकै छ । अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो पाउँछौं । तर आन्तरिक परिस्थितिले गर्दा कँही अफ्ठ्राहरु देख्छौं । बैंकिङ क्षेत्रको सवलतालाई हेरेर विदेशी बैंक र फाइनान्सहरुले नियमित रुपमा फाइनान्स गरिरहेका छन् । राम्रोसँग ऋण दिएरहेका छन् । हाम्रो बैंकिङ प्रणालीमा समस्या भए ऋण दिँदै दिँदैनन् । उनीहरुले अहिले पनि हाम्रा वित्तीय संस्थाहरुलाई ऋण दिइरहेकाले पनि नेपालका बैंकहरु र प्रणाली सवल छन् भन्न सकिन्छ ।’

उहाँले वचतकर्ताहरुले बचत गरेको निक्षेप भन्दा ३ गुणा बढी बैंकहरुसँग लिक्विटी सम्पती रहेकाले डराउनु पर्ने अवस्था नभएको बताउनु भयो । उहाँले राष्ट्र बैंकको नियमन र नियन्त्रण अन्तर्राष्ट्रिय स्तरको रहेको भन्दै अरु देशको सूचक हेर्दा हाम्रो देशका बैंकहरुको सूचक राम्रो रहेको बताउनु भयो । उहाँले बैंकहरुको आन्तरिक परिस्थितिले कँही अफ्ठ्राहरु देखापरे पनि समाधान हुने अवस्था रहेको बताउनु भयो ।