१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद News Polar मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु News Polar बाढीले सुस्ता पुर्‍याएको गैँडा उद्धार गरी चितवन ल्याइँदै News Polar काठमाडौँ महानगरले सामुदायिक विद्यालय, वडा कार्यालय र स्वास्थ्य केन्द्रको पानी परीक्षण गर्ने News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सैन्य तालिम केन्द्र होइन : मन्त्री गौतम News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग

फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ

फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्ति पक्राउ
अ अ+ अ-

काठमाडौँ । भक्तपुरमा फागुन ११ गते मृत फेला परेका गोपाल ढकालको हत्यामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले हत्यामा संलग्न भक्तपुरका २९ वर्षका सन्तोष सुवाललाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

फागुन १० गते जिल्ला तेह्रथुमका छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनु भनि आफूलाई फोन आएको भनि पीडित प्रहरी वृत्त जगातीमा उपस्थित भइ सूचना दिएपछि प्रहरीले अनुसन्धान गर्ने क्रममा ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका पडा नम्बर ८ स्थित रोदन बस्नेतको गोठमा निज गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । परिसरका प्रहरी निरीक्षक निर्मल थापाले घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का वर्ष २९ को सन्तोष सुवाल रहेको बताउनु भयो । खोजतलासका क्रममा शनिवार निजलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको बताउनु भयो ।

पत्रकार सम्मेलनका क्रममा इन्सपेक्टर थापाले भन्नुभयो, ‘मिति २०८० साल फागुन १० गते जिल्ला तेह्रथुमका छथर गाउँपालिका वडा नम्बर २ घर भइ हाल जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान हराएको र श्रीमान चाहिए सूर्यविनायक जंगलमा दुई लाख लिइ आउनु भनि आफूलाई फोन आएको भनि पीडित प्रहरी वृत्त जगातीमा उपस्थित भइ सूचना दिनुभएको थियो । त्यसको खोज तलासका क्रममा फागुन ११ गते भक्तपुर सूर्यविनायक नगरपालिका पडा नम्बर ८ स्थित रोदन बस्नेतको गोठमा निज गोपालप्रसाद ढकाल मृत अवस्थामा फेला पर्नुभएको थियो ।

उक्त घटनाको अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका ६ का प्रेमबहादुर सुवालको छोरा वर्ष २९ को सन्तोष सुवाल रहेको भन्ने कुरा सुन्न आयो । खोजतलासका क्रममा शनिवार निजलाई काभ्रपलाञ्चोक मण्डनदेउपुर ६ मा पक्राउ गरिएको छ । उनी बाइक मेकानिक रहेछन् । उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेका छौँ । यसअघि चोरी सम्बन्धी कसुरमा २०७८ मा मुद्दा चलेको र २०७५ मा अभद्र व्यवहारको मुद्दा चलेको रहेछ ।’

उनको साथबाट मृतकको मोबाइल र फोटोमा देखिएको ज्याकेट बरामद गरेको प्रहरीले बताएको छ ।