४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु, पाँच जना भन्दा बढी घाइते



अ+ अ-

धनुषा । जनकपुरमा स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका-२३ विन्धीमा एन्जल्स सेकेन्डरी बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा स्थानीय ३५ वर्षीया राखीदेवी यादवको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा अन्य पाँच जना भन्दा बढी घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जनकपुरधाम लगिएको छ ।

दुर्घटनापछि स्थानीयले जनकपुर–जलेश्वर सडक अवरुद्ध पारेका हुन् । उनीहरु सडकमा टायर बालेर प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन भएका छन् । ठक्कर दिने स्कुल बसलाई जलाउन खोज्दा प्रहरीले लाठीचार्ज गर्नुका साथै आश्रुग्याँस प्रहार गरेको छ । अहिले घटनास्थल आसपासको अवस्था तनाव्रस्त बनेको छ ।