२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नामिबियाविरुद्ध नेदरल्याण्ड्सले टस जित्यो, पहिला फिल्डिङ गर्ने



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि नेदरल्याण्ड्स र नामिबियाले प्रतिष्प्रर्धा गर्दैछन् । यसैबिच नेदरल्याण्ड्सले टस जितेर फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर नेदरल्याण्ड्सका कप्तानले पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

आजको खेलले फाइनल प्रवेश गर्ने टोलीको टुंगो लाग्नेछ । शनिबार भएको खेलमा नेदरल्याण्ड्सलाई ६ विकेटले हराउदै नेपाल फाइनल पुगिसकेको छ । चार खेलमा दुई खेल जितेको नेपाल अंक तालिकाको दोस्रो स्थानमा रहँदै फाइनल प्रवेश गरेको हो । नेपाल र नेदरल्याण्ड्सको समान ४-४ अंक छ ।

नेदरल्याण्ड्स तीन खेलमा दुई जित र एक हारसहित अंक तालिकाको शिर्ष स्थानमा छ । दुई खेलमा हार र एक खेल जितेको नामिबिया नेदरल्याण्ड्सलाई भारी अन्तरले पराजित गर्दै फाईनल खेल्ने सोचमा हुनेछ ।

फाइनल खेल मंगलबार हुनेछ ।