४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

प्रधानमन्त्री दाहालले देउवासँग परामर्शपछि निर्णय लिने

प्रधानमन्त्री दाहालले देउवासँग परामर्शपछि निर्णय लिने
फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मन्त्री हेरफेर र संसद्मा दिने जवाफका विषयमा छलफल गर्ने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विवादित तीन मन्त्रीको राजीनामा मागसहित सरकारको जवाफ माग गरिरहेको छ ।

सभामुख देवराज घिमिरेले सरकारलाई संसद्मा उठेका प्रश्नको जवाफ भोलिको बैठक दिन यसअघि नै निर्देशन दिइसकेका छन् । त्यही कारण प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति देउवासँग छलफल गर्न लागेका हुन् । देउवासँग मन्त्रिपरिषद्का केही सदस्यको मात्र हेरफेर गर्ने कि पुरै सेट नै भन्नेबारे छलफल गर्ने तयारी प्रधानमन्त्रीको छ ।

प्रधानमन्त्री दाहालले देउवाका अडानका कारण अर्थ, उद्योग र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको अडानका कारण भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालालाई हटाउन सकेका छैनन् । त्यसैगरी टेरामक्स खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा परेका स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीको जग्ग्गा भाडामा दिने विवादास्पद निर्णय गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीलाई पनि परिवर्तन गर्ने तयारी दाहालले गरेका छन् ।

नेपाली कांग्रेसका सभापति देउवाले अहिले मन्त्रिपरिषद्का सदस्य परिवर्तन गर्न चाहेका छैनन् । उनले दुई वर्षका लागि मन्त्री बनाएकाले हटाइहाल्दा पार्टीभित्र नकारात्मक सन्देश जाने मात्र नभएर त्यसपछि मन्त्री बनाउँदा पनि विरोधको सामना गर्नुपर्ने जोखिम देखेका छन् । तर प्रधानमन्त्री दाहाल दुई महिनायता नै केही मन्त्री हटाउन खोजिरहेका छन् ।

प्रधानमन्त्री दाहालले आज देउवासँग छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि परामर्श गर्ने तयारी गरेका छन् । देउवा र नेपालसँग एक्लाएक्लै परामर्शपछि साँझसम्म गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बोलाउने तयारी प्रधानमन्त्रीको छ । संसद्मा विपक्षीले उठाएका प्रश्नको जवाफ दिन पनि उनले आज दिनभर छलफल गरेर एउटा निर्णयमा पुग्ने दाबी स्रोतको छ ।