२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१६ महिला फुटबलः नेपालले बंगलादेशको सामना गर्दै



अ+ अ-

काठमाडौँ । नेपालले आज शनिबार साफ यू–१६ महिला फुटबल प्रतियोगिता अन्तर्गत बंगालदेशसँग प्रतिस्पर्धा गर्दैछ । दुई टोलीबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपराहन्न ३ बजेदेखि शुरू हुने छ ।

प्रतियोगिताको पहिलो खेलमा शुक्रबार भारतले भुटानलाई ७–० गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ ।

प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र भुटान गरी चार देश सहभागी छन् । प्रतियोगिताको पहिलो चरणमा सहभागी चार वटै टोलीले एक अर्कासँग एक–एक खेल खेल्नेछन् भने शिर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।