१२ श्रावण २०८३, मंगलवार
,
Latest
यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

होस्टेल घटना: शालिन पोखरेलको फेला परेको सुसाइड नोटमा के छ ?



अ+ अ-

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी १४ वर्षीया शालिन पोखरेको सुसाईड नोट फेला परेको छ ।

सोही स्कुलमा कक्षा ८ मा अध्ययनरत पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा फागुन १२ गते मृत भेटिएकी थिईन् ।

शालिनले छाडेको सुसाइड नोट फेला पारेको अनुसन्धान अधिकृतहरुले जानकारी दिएका छन् ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार नोटमा उनले ‘सरी एभ्रिबडी, सरी ममि ड्याड’ लेखेकी छन् । सुसाइड नोटको फरेन्सिक जाँच गरिरहेको प्रहरीले जनाएको छ ।

पोखरेलको परिवारले भने उनको बलात्कारपछि हत्या भएको भन्दै छानबिनको माग गर्दै आएको छ ।