५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विकेटको महत्व बुझेर खेल्ने प्रयासमा छुुः कुशल मल्ल



अ+ अ-

काठमाडौँ । नामिबियाबिरुद्धको जितपछि नेपालका अलराउण्डर कुशल मल्लले आफू धैर्यता राखेर खेल्ने प्रयास गरिरहेको बताउनुभएको छ ।

नेपालले शुक्रवार त्रिदेशीय श्रृंखलाको तेस्रो खेलमा नामिबियामाथि ३ रनको जित निकाल्दा कुशल म्यान अफ दी म्याचसमेत हुनुभयो । खेलपछिको पत्रकार सम्मेलनमा उनले आफू सहजै विकेट नदिने उद्देश्यअनुरूप खेलिरहेको बताउनुभएको हो । प्रधानमन्त्री कपपछि जिम्मेवारी लिएर खेल्न सिकेको उल्लेख गर्दै उनले विकेटको महत्व बुझेको बताउनु भयो । उक्त खेलमा कुशल ३७ बलमा ५५ रनमा नटआउट रहनुभयो ।

उहाँकै प्रेरणामा नेपालले निर्धारित २० ओभरमा १८० रनको राम्रो योगफल बनाएको थियो । कुुशलले टोलीको लक्ष्य पनि एक सय ८० को हारहारीमा नै योगफल बनाउने रहेको पनि बताउनु भयो । यद्यपि, अन्तिम ओभरतिर भने त्योभन्दा बढी योगफल बनाउने लक्ष्य बनाएको उहाँको धारणा थियो । उहाँले ७÷८ को रन रेटमा रन बनाउने योजना रहे पनि शुरुवाती विकेट गुम्दा केही चुनौति पनि बनेको उहाँले बताउनु भयो । डेथ ओभरमा १२ रन जोगाएपछि करण केसीले नेपाललाई रोमाञ्चक जित दिलाउनु भयो ।

उहाँले आफूले नै फसाएको खेललाई जोगाउन पर्छ भन्ने लागेको खुलासा गर्नुभयो । सोहीअनुरूप कप्तान रोहितकुमार पौडेले पनि आफूलाई नै डेथ ओभरमा जिम्मेवारी दिएको बताउनु भयो । यद्यपि आफूमा यो खेल जोगाउँछ भन्ने आत्मविश्वासमा रहेको पनि उहाँको भनाइ छ । करणले आफ्नो पहिलो बल योर्कर फ्याक्छु भन्ने अनुरूप बलिङ गरेको बताउनु भयो । दबाबमा रहेर भन्दा पनि त्यसमा खेलमा रमाएर खेल्ने आफ्नो रणनीति हुने गरेको उहाँले बताउनु भयो । नामिबियाविरुद्धको जितले खराब समय सकिएको उहाँलाई विश्वास लागेको छ । पछिल्ला ४÷५ महिना डेथ ओभरमा कसरी बलिङ गर्ने भन्नेबारे काम गरिरहेको करणले खुलासा गर्नुभयो ।




भर्खरै