५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप छनोट: प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए



अ+ अ-

काठमाडौँ । फिफा विश्वकप–२०२६ एसियाली छनोटअन्तर्गत बहराइनविरुद्ध खेलका लागि नेपालले आज ३३ खेलाडीलाई प्रारम्भिक चरणमा छनोट गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले बहराइनविरुद्ध आगामी चैत ८ र १४ गते हुने दुई खेलका लागि प्रारम्भिक चरणमा ३३ खेलाडी छनोट गर्नुभएको हो । नेपालले आगामी चैत ८ गते घरेलु मैदानमा खेल्नेछ भने चैत १४ गते बहराइनमा खेल्ने तालिका छ ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार र दीप कार्की छन् । रक्षकमा अजय चौधरी, अनन्त तामाङ, सुमित श्रेष्ठ, योगेश गुरुङ एञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र विक, रोहित चन्द र सनिस श्रेष्ठ छन् ।

मिडफिल्डरमा एरिक विष्ट, मनिष डाङ्गी, रोहन कार्की, विशाल तामाङ, कृतिशरत्न छुन्जु, लाकेन लामा, मणिकुमार लामा, सन्तोष खत्री, सुरज जिउ ठकुरी र उत्सव राई छन् भने स्ट्राइकरमा अञ्जन विष्ट, आयुष घलान, दिनेश हेम्जन, जिलेस्पीजङ्ग कार्की, हिसुव थपलिया, राजेश परियार, समीर तामाङ, र सञ्जिव विष्ट छन् ।




भर्खरै