५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशलको अर्धशतकमा नेपालले नामिबियालाई दियो १८१ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले नामिबियालाई जितको लागि १८१ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ८० रन बनायो।

नेपालको लागि कुशल मल्लले अर्धशतकिय ईनिङ खेले । उनीे ३६ बलमा १ चौका र ४ छक्कासहित ५४ रन बनाएर नटआउट रहे । पाँचौ विकेटका लागि कुशल र आरिफ शेखले ८५ रनको साझेदारी गरे । आरिफ २४ बलमा ४ चौकासहित ३१ रन जोड्दै आउट भए ।

यस्तै, गुलशन झाले २६ र ओपनर अनिल शाहले २३ रन बनाए । दीपेन्द्रले १६, कप्तान रोहित पौडेलले १०, करण केसीले ७ रन बनाए ।

नामिबियाको लागि बेन शिकोंगोले सर्वाधिक ३ विकेट लिए । ज्याक ब्रसेलले २, रुबेन ट्रम्पलम्यान, जान निकोल लोफ्ट इटन र बर्नार्ड स्कोल्जले एकएक विकेट लिए ।

सुरुवातको दुई खेल हारेकोनेपाललाई फाइनल पुग्ने सम्भावना कायमै राख्न यो खेल जित्नैपर्ने दबाब छ ।