३ आश्विन २०८१, बिहीबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–१६ च्याम्पियनसिप आजदेखि



अ+ अ-

काठमाडौँ । साफ यू–१६ वुमन्स च्याम्पिनयसिप फुटबल आज शुक्रबारबाट सुरु हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा भारतले भुटानको सामना गर्नेछ ।

प्रतियोगितामा दक्षिण एसियाका चार टिमको सहभागिता छ । सुरुमा राउन्ड रोबिनको आधारमा खेल हुनेछन् भने शीर्ष दुई स्थानमा रहने टिमले फाइनल खेल्नेछन् ।

नेपालले शनिबार बंगलादेशविरुद्ध पहिलो खेल खेल्नेछ । फाइनल फागुन २७ मा हुनेछ । नेपाली टिमको प्रशिक्षकमा चक्र तामाङ छन् । नेपाली टिमको कप्तानमा भूमिका बुढाथोकी रहेकी छन् ।