९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उद्योगी व्यवसायीहरुलाई राज्यको नीतिले संरक्षण गर्न आवश्यक छः सभापति लामिछाने

उद्योगी व्यवसायीहरुलाई राज्यको नीतिले संरक्षण गर्न आवश्यक छः सभापति लामिछाने
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको नीतिले भन्दा नेताको संरक्षणले व्यवसायीहरुलाई समस्यामा पारिरहेको दाबी गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै सभापति लामिछानेले यस्तो बताउनुभएको हो । उहाँले मुलुकमा निजी क्षेत्रका व्यवसायीहरुलाई राज्यको नीतिले भन्दा पनि नेताहरुको संरक्षण बढी रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुले नेताको संरक्षण लिएसम्म समस्या जस्ताको जस्तै रहने उल्लेख गर्नुभयो । सभापति लामिछानेले व्यवसायीहरुका समस्या समाधान गर्नको लागि नेताको संरक्षण भन्दा पनि राज्यको नीतिले गर्न आवश्यक रहेको धारणा राख्नुभयो ।

उहाँले हरेक उद्योगी व्यवसायीहरु कुनै न कुनै नेताको संरक्षणमा बस्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले नेताहरुको संरक्षणको कारण व्यवसायीहरुले खुलेर समस्याको विषयमा कुरा राख्न नसकेको पनि बताउनु भयो । उहाँले व्यवसायीहरुले हरेक चाडपर्वमा आफ्नो संरक्षणको लागि नेतादेखि सरकारी निकायहरुमा रक्सी उपहार दिने प्रचलन बन्द गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले व्यवसायीहरुले व्यवसायीहरुले मोही माग्ने ढुङग्रो लुकाउने काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘निजी क्षेत्रका व्यवसायीहरुले मोही माग्ने ढुङग्रो लुकाउने काम गर्नुभयो । निजी क्षेत्रसँग यथार्थ भन्दा डर लुकेको छ । व्यवसायीहरु नबोलेको भन्दा पनि डर नबोलेको थाहा हुन्छ । समिति बैठकमा बस्ने उद्योगी व्यवसायीहरु सबैभन्दा बढी कर बुझाउने पर्नुहुन्छ । उहाँहरु धेरै रोजगारी सिर्जना गर्ने व्यवसायीहरु हो । विश्वको कुनैपनि समाज र राष्ट्रमा धेरै कर तिर्नेहरुको इज्जत अत्यन्त धेरै हुन्छ । सत्य काम गरेर वा असत्य काम गरेर कमाइको भए नि राजनीतिक संरक्षण छ की छैन कुराले अर्थ राखेको हुनाले व्यवसायीहरुलाई धेरै कुरा खोल्न दिइको छैन । व्यवसायीहरुको कानून निर्माताले इज्जत गर्न सक्नुपर्छ ।

उद्योगी व्यवसायीहरुलाई कुनै नेताले संरक्षण गरिरहेको अवस्थासम्म उहाँहरुको अवस्था यही रहन्छ । राज्यको नीतिले जब प्रोटेक्ट गर्छ । त्यसपछि व्यवसायीहरु सुरक्षित हुनुहुन्छ । नीतिले सुरक्षा दिन नसक्दा बाध्यताले नेताको संरक्षणमा जानुभएको छ । कुनै चाडपर्व छुटेको छ व्यवसायीहरुले विभिन्न निकाय र नेतालाई उपहार स्वरुप रक्सीहरु नपु¥याएको ? विभिन्न निकायमा उपहार नदिए व्यवसायीहरुले दुःख पाउनुहुन्छ । आजको युगमा आएर हामीले स्वतन्त्र रुपमा छलफल गर्न नसक्ने हो भने निजी क्षेत्रले सास फेर्न पाउँदैन ।’

उहाँले नेपालमा राज्यलाई सबै भन्दा धेरै कर बुझाउने उद्योगी व्यवसायीहरुको सम्मान गर्न नसकेको बताउनु भयो । उहाँले विश्वको कुनै पनि राष्ट्रमा धेरै कर तिर्नेहरुको सम्मान धेरै हुने गरेको बताउनु भयो । उहाँले नेपालमा राम्रो काम गरेर वा नराम्रो काम गरेर धेरै सम्पती कमाउदा नेताको संरक्षण आवश्यक रहेको बताउनु भयो ।