२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनलाई निरन्तरता दिन हामी प्रतिबद्ध छौँः प्रधानमन्त्री दाहाल



अ+ अ-

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको गठबन्धनलाई राम्रोसँग लैजान आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले गठबन्धनलाई राम्रोसँग लैजाने कुरामा आफू प्रतिबद्ध रहेको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “गठबन्धन राम्रैसँग गइराखेको थियो, राम्रैसँग लाने कुरामा हामी प्रतिबद्ध थियौँ र छाँै पनि ।” नेपाली कांग्रेसको हालै सम्पन्न महासमितिको बैठकले पनि केही चिज नयाँ हामीलाई आवश्यक नभएका कुराहरु उठेको भन्दै उहाँले यस विषयमा छलफल हुने बताउनुभयो ।

बृहत् शान्ति सम्झौताको हस्ताक्षरकर्ता पार्टी भएकाले उठाउनु नपर्ने विषय उठेको गुनासो आएको भन्दै प्रधानमन्त्री दाहालले यस विषयमा छलफलबाट मात्रै टुङ्गो लाग्ने बताउनुभयो ।

आफूले राष्ट्रियसभामा कृष्णप्रसाद सिटौला जस्ता व्यक्ति आउनुपर्छ त्यसमा केही फरक हुन्छ भनेको भए पनि अहिले वातावरण परिवर्तन भएको प्रधानमन्त्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “यो विषयमा ठोस निर्णय भएको छैन । छलफल चलेको छ ।” पार्टीको बैठकले राष्ट्रियसभाको अध्यक्ष छोड्नु हुँदैन भनेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “औपचारिकरुपमा लिखित निर्णय भएको छैन ।” कोशीमा माओवादी केन्द्रको उम्मेदवार पराजित हुने स्थिति कांग्रेसका कारण भएको भन्दै उहाँले पार्टीका नेता तथा कार्यकर्ताहरु आक्रोशित भएको बताउनुभयो ।

फरक प्रसङ्गमा प्रधानमन्त्रीले चितवनबासीका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला र भरतपुर विमानस्थल निर्माणको कुरा सुखद रहेको बताउनुभयो । तीन वर्षदेखि बन्न नसकेको रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले नीतिगत निर्णय गरेर बाटो खुलाएको बताउनुभयो । आफूहरुले पहिलादेखि नै सोचेको सपना पूरा हुन लागेको उहाँले बताउनुभयो ।