१ पुष २०८२, मंगलवार
,
Latest
युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठ र सदस्य हाडाको शपथ १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव अगामी पुस १३ देखि पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल एमाले महाधिवेशनः साँझ ७ बजेबाट मतदान हुने माथिल्लो अरुण आयोजना निर्माणका लागि दुई हजार बढी रुख काटियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त अम्बानी–राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा तीन ट्रक सामान बोकेर आइपुगिन् रिहाना



अ+ अ-

एजेन्सी । भारतका सबैभन्दा ठूला उद्योगपति मुकेश अम्बानीको घरमा विवाहको तयारी तिब्र रुपमा भइरहेको छ । उनका कान्छो छोरा अनन्त अम्बानीले आफ्नी लामो समयदेखि प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्ने भएका छन् ।

बिहे जुलाईमा भएपनि प्रि–वेडिङ समारोह सुरु भइसकेको छ । अम्बानी परिवारले आफ्नो कान्छो छोराको बिहेको लागि गुजरातको जामनगरलाई रोजेका थिए, किनभने तिनीहरूको पुस्तौंदेखिको सम्बन्ध यहाँ जोडिन्छ ।

जामनगर धीरुभाई अम्बानीको जन्मस्थल हो । यस्तै यो मुकेश अम्बानीको कर्मभूमी हो। यस्तो अवस्थामा अनन्त अम्बानीले आफ्नो विवाहको लागि यो विशेष ठाउँ रोजे ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको प्र–(वेडिङ समारोह मार्च १ देखि मार्च ३ सम्म चल्नेछ । जहाँ बलिउडदेखि हलिउडसम्मका धेरै सेलिब्रेटी सहभागी हुनेछन् । जसमा रणबीर कपुर, आलिया भट्ट, सलमान खानदेखि रिहानासम्मका धेरै ठूला नाम छन् । हालै रिहाना समारोहमा सहभागी हुन जामनगर पुगेकी थिइन् । यस समयमा गायिका एक ट्रक सामान लिएर आइपुग्दा उनको सामानले मानिसहरूलाई स्तब्ध बनायो ।

रिहानाको लगेजले जामनगरमा लगेज फेयर आयोजना गरेको थियो । ठूला कन्टेनरहरूमा प्याक गरिएको रिहानाको सामान उठाउन छुट्टै क्यारियर बोलाउनु परेको थियो, किनभने त्यो एउटा होइन दुई–तीन ट्रकमा आउनुपर्ने थियो । जामनगरबाट रिहानाको लगेजको भिडियो सामाजिक सञ्जालमा देखा परेपछि दर्शक छक्क परे ।

भिडियोमा कमेन्ट गर्दै धेरैले रिहाना सधैंका लागि जामनगर सर्ने हो कि भनेर प्रश्न पनि गरेका छन् । यसै क्रममा कतिपयले रिहाना विवाहसम्म भारतमै बस्ने कि भनी टिप्पणी गरेका छन् ।