१२ श्रावण २०८३, मंगलवार
,
Latest
यातायात कार्यालय विराटनगरद्वारा ४८ करोड ९८ लाखभन्दा बढी राजस्व सङ्कलन सुनसरीमा आज पनि भारी वर्षाको सम्भावना सुर्खेत जिप दुर्घटनामा १२ जना घाइते सुख्खा पहिरोका कारण अवरुद्ध मुग्लिन–नारायणगढ सडक पुनः सञ्चालनमा मन्त्री गौरिकुमारी यादव र रुसी राजदूतबीच भेट, व्यापार विस्तार र उद्योग सञ्चालनमा सहकार्य कप्तानगञ्ज घटनाबारे नेपाली कम्युनिष्ट पार्टीद्वारा निष्पक्ष छानबिनको माग ‘साइक्लिङ’का माध्यमबाट गन्तव्य प्रवर्द्धन गर्दै हिमालयन राइडर्स सोसाइटी गण्डकी प्रदेशमा पशुमा पूर्ण खोप अभियान एकैदिन ४२ विपद्का घटना काठमाडौंमा तीन दिने विपद् व्यवस्थापन प्रशिक्षण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनन्त अम्बानी–राधिका मर्चेन्टको प्रि–वेडिङ समारोहमा तीन ट्रक सामान बोकेर आइपुगिन् रिहाना



अ+ अ-

एजेन्सी । भारतका सबैभन्दा ठूला उद्योगपति मुकेश अम्बानीको घरमा विवाहको तयारी तिब्र रुपमा भइरहेको छ । उनका कान्छो छोरा अनन्त अम्बानीले आफ्नी लामो समयदेखि प्रेमिका राधिका मर्चेन्टसँग विवाह गर्ने भएका छन् ।

बिहे जुलाईमा भएपनि प्रि–वेडिङ समारोह सुरु भइसकेको छ । अम्बानी परिवारले आफ्नो कान्छो छोराको बिहेको लागि गुजरातको जामनगरलाई रोजेका थिए, किनभने तिनीहरूको पुस्तौंदेखिको सम्बन्ध यहाँ जोडिन्छ ।

जामनगर धीरुभाई अम्बानीको जन्मस्थल हो । यस्तै यो मुकेश अम्बानीको कर्मभूमी हो। यस्तो अवस्थामा अनन्त अम्बानीले आफ्नो विवाहको लागि यो विशेष ठाउँ रोजे ।

अनन्त अम्बानी र राधिका मर्चेन्टको प्र–(वेडिङ समारोह मार्च १ देखि मार्च ३ सम्म चल्नेछ । जहाँ बलिउडदेखि हलिउडसम्मका धेरै सेलिब्रेटी सहभागी हुनेछन् । जसमा रणबीर कपुर, आलिया भट्ट, सलमान खानदेखि रिहानासम्मका धेरै ठूला नाम छन् । हालै रिहाना समारोहमा सहभागी हुन जामनगर पुगेकी थिइन् । यस समयमा गायिका एक ट्रक सामान लिएर आइपुग्दा उनको सामानले मानिसहरूलाई स्तब्ध बनायो ।

रिहानाको लगेजले जामनगरमा लगेज फेयर आयोजना गरेको थियो । ठूला कन्टेनरहरूमा प्याक गरिएको रिहानाको सामान उठाउन छुट्टै क्यारियर बोलाउनु परेको थियो, किनभने त्यो एउटा होइन दुई–तीन ट्रकमा आउनुपर्ने थियो । जामनगरबाट रिहानाको लगेजको भिडियो सामाजिक सञ्जालमा देखा परेपछि दर्शक छक्क परे ।

भिडियोमा कमेन्ट गर्दै धेरैले रिहाना सधैंका लागि जामनगर सर्ने हो कि भनेर प्रश्न पनि गरेका छन् । यसै क्रममा कतिपयले रिहाना विवाहसम्म भारतमै बस्ने कि भनी टिप्पणी गरेका छन् ।