२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती सगरमाथामा ६ दिन हराएर उद्धार गरिएका हिलारी दावा शेर्पा उपचारका लागि ह्याम्स अस्पतालमा भर्ना सरकारको ऊर्जा लक्ष्य बजेटले पूरा गर्न सक्दैनः दुलाल राप्रपाका १८३ जना नेता–कार्यकर्ताले सामूहिक रूपमा गरे पार्टी परित्याग कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेदरल्यान्ड्ससँग नामिबिया ५९ रनले पराजित



अ+ अ-

काठमाडौं । त्रिकोणात्मक टि-२० सिरिजमा नेदरल्यान्ड्सले लगातार दोस्रो जित हात पारेको छ ।

नामिबियालाई ५९ रनले पराजित गर्दै नेदरल्यान्ड्स ४ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नामिबियाको २ अंकको साथ दोस्रोमा र नेपाल अंकविहिन छ ।

जितको लागि २ सय ४८ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १ सय ८८ रन मात्र बनायो ।

नामिबियाको लागि जेन ग्रीन र जान फ्रिलिंकले समान ४२-४२ रन जोडे । फ्रेलिंकले २७ बलमा ३ चौका र २ छक्कासहित ४२ रन बनाए । ग्रीनले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रन बनाउदा जेपी कोट्जी २६, कप्तान जेजे स्मिथ र रुबेन ट्रम्पलम्यानले १९–१९ रन बनाए ।

नेदरल्यान्ड्सका भान डर गुग्टेनले २ विकेट लिदा भिभियन किंग्मा, फर्द क्लासेन, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट र रोलेफ भान डर मर्वे १–१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्ड्सले माइकल लेभिटको शतकमा पाँच विकेट गुमाएर दुई सय ४७ रन बनाएको थियो। टियुमा टि२० क्रिकेटमा बनेको यो नै सबैभन्दा ठूलो योगफल हो ।

नेदरल्यान्ड्सका लागि ओपनर ब्याट्सम्यान माइकल लेभिटले उत्कृष्ट शतकीय ईनिङ खेलेका थिए । उनले ६२ बलमा १० छक्का र ११ चौकासहित एक सय ३५ रन बनाए । जारी शृङ्खलामा कुनै पनि ब्याट्सम्यानले यति धेरै रन बनाएको छैन ।

त्यस्तै, साइब्रान्ड एंगलब्रेक्टले ४० बलमा ७५ रन जोड्दा तेजा निदामनुरुले १८ रन थपे ।

नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले दुई विकेट लिए ।