१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते News Polar पूर्वाञ्चल विश्वविद्यालयको बजेट १ अर्ब ९९ करोड, एआई र चिकित्सा शिक्षालाई प्राथमिकता News Polar मधेसमा स्वास्थ्य शिक्षा र विशेषज्ञ सेवा विस्तारका लागि रामराजाप्रसाद सिंह प्रतिष्ठान आवश्यक : मन्त्री मेहता News Polar बाढीमा बेपत्ता ट्रक–कन्टेनरको कागजात र बीमा पोलिसी बुझाउन आग्रह News Polar रसुवाका १३ वटा बालमैत्री केन्द्रमा ४६२ बालबालिका आश्रित News Polar वैकल्पिक ऊर्जा केन्द्रद्वारा ४५ इन्जिनियरलाई ऊर्जा सञ्चय प्रणालीसम्बन्धी तालिम News Polar थुनिएको मस्र्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar थुनिएको मर्स्याङ्दी नदी खोल्ने कार्य सुरु News Polar उच्च शिक्षा छात्रवृत्ति र विद्यालय शिक्षाको गुणस्तर सुधारमा नेसनल प्याब्सन–मधेश विश्वविद्यालय सहकार्य हुने News Polar ‘केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक, २०८३’ स्वीकृत News Polar शशांक कोइराला संयोजक रहेको १५ औँ महाधिवेशन आयोजक समितिले ओखलढुंगाका दुवै प्रदेशमा तोक्यो कमाण्डर

संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई हाजिरी जमानीमा छाडियो

संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई हाजिरी जमानीमा छाडियो
अ अ+ अ-

काठमाडौं । संसद् भवन प्रवेश गरेर प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४९ जना लघुवित्त पीडितलाई प्रहरीले छाडेको छ ।

सोमबार पक्राउ परेका उनीहरूलाई म्याद थप गरेर हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

सोमबार संसद बैठक चलिरहेका बेला लघुवित्तले आफूहरूलाई पीडित बनाएको भन्दै उनीहरुले संसद् भवन परिसर भित्र जबरजस्ती छिरेर नाराबाजी गरेका थिए । सोहि क्रममा प्रहरीले प्रहरीले ४८ महिला र १ जना पुरुषलाई नियन्त्रणमा लिएको थियो ।

कडा सुरक्षा घेराभित्र रहेको संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेर नाराबाजी गरेपछि सरकारले संसद् भवनसहित सिंहदरबार आसपासको सुरक्षा व्यवस्था कडा पारेको थियो ।