६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुशल भुर्तेल ‘क्लास प्लेयर’ हुन्ः प्रशिक्षक देशाई



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले ओपनर कुशल भुर्तेल उत्कृष्ट खेलाडी भएको बताएका छन् । एक–दुई खेल हेरेर मात्रै उनलाई जज गर्न नसकिने मोन्टीको भनाई छ ।

खेल सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले भने ‘कुशल क्लास खेलाडी हुन् । एक दुई खेल मात्रै हेरेर उनलाई जज गर्न सकिँदैन । लिग–२ मा उनले राम्रो प्रदर्शन गरेका थिए । उनी अझै पनि राम्रो प्रदर्शन दिन सक्छन् ।’ भुर्तेल लगातार दुई खेलमा खाता नजोडी आउट भएका थिए ।

यस्तै प्रशिक्षक देशाईलाई नेपालको फाइनल पुग्ने सम्भावना सकएिको हो ? भन्ने प्रश्नमा उनले भने –‘हामी फाइनल खेल्न सक्छौं । हामी फाइनल पुग्ने आशा जिवितै छ ।’

त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । यसअघि हिजो मंगलबार नामिबियासँग पराजित भएको नेपाल आज नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको हो ।