६ पुष २०८२, आईतवार
,
Latest
ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई पार्टी कार्यालयमा भव्य स्वागत (तस्बिरहरु) पार्टी जिम्मेवारीमा फर्किंदै रवि लामिछानेले भने–‘निर्वाचनमा जानुको विकल्प छैन’ तेह्रथुमबाट गगन थापा एकल सिफारिस, प्रदेशले थप्यो सीता गुरुङको नाम पर्ल हार्बरका अन्तिम साक्षीमध्ये एक इरा स्काबको निधन राष्ट्रियसभा अध्यक्षसँग चिनियाँ राजदूतको बिदाइ भेट नेप्से परिसूचकमा १९ अङ्कको गिरावट रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण



अ+ अ-

काठमाडौं । फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको हो । 

हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोन बाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् । नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत सय दिनमा एक हजार जनाले ऋण लिएका छन् ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्र राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ । बैंकले दुई लाख रूपैयाँसम्म यस्तो लोन दिने गरेका छन् । बैकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाईल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झञ्झट हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाईल  बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् । 

बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताउनु भयो । उहाँले भन्नुभयो‘ एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गयौँ‘ । जसलाई बैंकहरूले एडप्ट गरिदिनु भयो । यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ । आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौँ ’। 

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । एफवान सफ्ट गु्रपले एक हजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गरेको छ ।