२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण

फोनलोनमा आकर्षण बढ्दो, सय दिनमा लिए हजार जनाले ऋण
अ अ+ अ-

काठमाडौं । फोनबाट ऋण लिने सुविधा प्रति आकर्षण तिब्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोन लोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तिब्र आकर्षण देखिएको हो । 

हाल फोन लोनको सुविधा तीनवटा वाणिज्य बैंकले दिएका छन् । हालसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोन बाट ऋण लिन सकिने सुविधा प्रदान गरेका छन् । नेपालमा पहिलोपटक सुरु भएको फोन लोन मार्फत सय दिनमा एक हजार जनाले ऋण लिएका छन् ।

बैंकमा खाता भएका व्यक्तिहरूले आवश्यकता अनुसार ऋण मोबाइलबाट लिन सक्नेछन् । बैंकमा नियमित कारोबार गरेका र क्रेडिट हिस्ट्र राम्रो रहेका ग्राहकहरूलाई यस्तो सुविधा प्रदान गरिन्छ । बैंकले दुई लाख रूपैयाँसम्म यस्तो लोन दिने गरेका छन् । बैकमा खाता भएका व्यक्तिहरूले आफ्नो मोबाईल बैंकिङमार्फत निवेदन दिएको केही मिनेटमै ग्राहकको खातामा ऋण उपलब्ध हुन्छ । यसका लागि बैंंकसम्म जानु्पर्ने तथा धितो राख्नुपर्ने झञ्झट हुँदैन । ऋण लिन इच्छुक ग्राहकले कुनै कागजी प्रक्रिया बिना नै आफ्नो मोबाईल  बैंक एपको प्रयोग गरी ऋणका लागि निवेदन दिन सक्ने छन् । 

बिना धितो, बिना कागजी प्रक्रिया तत्कालै ऋण पाइने भएकाले यसमा आकर्षण निकै बढेको एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले बताउनु भयो । उहाँले भन्नुभयो‘ एफवान सफ्टले जहिलेपनि आम मानिसको दैनिकीलाई सहज र सरल बनाउने किसिमका प्रविधिको निर्माण गर्दछ । यसैक्रममा हामीले फोनबाटै लोन लिन सकिने प्रविधिको विकास गयौँ‘ । जसलाई बैंकहरूले एडप्ट गरिदिनु भयो । यो सुविधामा अहिले बैंकहरुमा आकर्षण निकै देखिएको छ । आगामी दिनमा अन्य बैंकहरूमा पनि यो सुविधा थप हुँदै जाने विश्वास लिएका छौँ ’। 

एफवान सफ्ट नेपालको सबैभन्दा ठुलो र अग्रणी डिजिटल वित्तीय सेवा कम्पनी हो । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गरेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाईल मार्फत हुने भुक्तानीको विकास गरेको छ । एफवान सफ्ट गु्रपले एक हजार भन्दा बढि दक्ष जनशक्तिलाई रोजगारी प्रदान गरेको छ ।