२ पुष २०८२, बुधबार
,
Latest
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यु–१६ मा सहभागी हुन भारतीय टोली नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौँ । फागुनको तेस्रो सातादेखि सुरु हुने साफ यु–१६ महिला फुटबल च्याम्पियनसिपमा सहभागी हुन भारतको टोली नेपाल आइपुगेको छ। मंगलबार नेपाल ओर्लिएको भारतको टिमलाई त्रिभुवन विमानस्थलमा एन्फा प्रवक्ता सुरेश शाहले स्वागत गरेका थिए ।

प्रतियोगिता फागुन १८ देखि २८ गतेसम्म ललितपुरस्थित च्यासल रंगशालामा हुनेछ । यसपटक आयोजक नेपालसहित चार राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालले आफ्नो पहिलो खेल फागुन १९ गते बंगलादेशसँग खेल्नेछ भने दोस्रो खेल फागुन २१ गते भुटानसँग खेल्ने छ । लिगचरणको अन्तिम खेल नेपालले फागुन २४ गते भारतसँग खेल्ने छ ।

सबै टोलीले एकअर्कासँग समान एक–एक खेल्नेछन् भने शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेशले सहभागीता जनाउनेछन् ।