६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्योति लाइफद्वारा ६६ लाख कित्ता साधारण शेयर बिक्री हुँदै



अ+ अ-

काठमाडौं । ज्योति लाइफ इन्सुरेन्स कम्पनीले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीको कूल रु ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको लागि अनुमति दिएको हो ।

कम्पनीले कूल पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धमा एनएमबी क्यापिटल रहेको छ । बिक्री प्रबन्धकले केही दिनभित्रै सार्वजनिक विवरण प्रकाशन गर्ने तयारी थालेको छ ।

ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बाडफाँट भएको छ । त्यसैगरी महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको बेला अर्को एक कम्पनीले साधारण शेयर (आइपिओ) बिक्रीको स्वीकृति पाएको छ ।

एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । पछिल्ला दिनमा साधारण शेयरमा लगानी गर्नेको आकर्षण बढेको छ । पछिल्लो विवरणअनुसार कूल २८ लाख ८३ हजारले हितग्राही खाता खोलेका छन् ।

यस्तै अनलाइन कारोवारका लागि नेप्सको टिएमएस सेवा लिनेको सङ्ख्या मात्रै तीन लाख ५० हजार बराबर पुगेको छ । पछिल्ला दिनमा साधारण शेयर बिक्री गरेको पूर्वाधार बैंक, चन्द्रागिरि हिल्स लिमिटेड, पुनर्बीमा कम्पनीका कारण शेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ ।