२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तराज आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नाट्य प्रतिष्ठानमा राखिँदै



अ+ अ-

काठमाडौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने भएको छ ।

आचार्यको पार्थिव शरीरलाई अहिले बिहान ९ बजेदेखि परिसरमा राखिने छ । त्यही क्रममा संगीतकर्मीहरूले आचार्यको सम्मानमा उनको गीत गाउने तयारी गरिएको छ ।

स्वर्गीय आचार्यको आजै दिउँसो १ बजे हिन्दु संस्कारअनुसार पशुपति आर्यघाट अन्तिम संस्कारका गरिने छ ।

आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । आचार्यको ८१ वर्षको उमेरमा हिजो निधन भएको थियो ।