२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिदेशीय टी–२० सिरिजः नेपालले नामिबियासँग खेल्दै



अ+ अ-

काठमाडौँ । त्रिदेशीय टी–२० सिरिज अन्तर्गत नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र नामिबियाबीचको खेल कीर्तिपुरस्थित बिहान ११ः३० बजे सुरु हुनेछ ।

आईसीसी विश्वकप लिग–२ प्रतियोगिता खेल्न आएका दुई टोली नामिबिया र नेदरल्यान्ड्स हाल नेपालमा छन् । यी दुई टोलीसँग नेपालले टी–२० शृंखला खेल्न लागेको हो ।

आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुन लागेको आईसीसी टी–२० विश्वकपको तयारी स्वरुप यो सिरिज सञ्चालन गरिएको हो ।

टी–२० विश्वकपमा नेपाल समूह ‘डी’ मा छ । नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।

नामिबिया भने विश्वकपको समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा नामिबियासँगै इङ्ल्यान्ड, अस्ट्रेलिया, स्कटल्यान्ड र ओमान रहेका छन् ।

टी–२० शृंखलाको पहिलो चरणमा तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । प्रतियोगितामा अंक तालिकाको शिर्ष स्थानमा रहेका दुई टोलीले फाइनल खेल्नेछन् ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, गुल्सन झा, अनिल शाह, सन्दीप जोरा, प्रतिश जीसी, विनोद भण्डारी, विवेक यादव, रसिद खान, सागर ढकाल, आरिफ शेख र अभिनाश बोहरा ।