९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भवन निर्माण आयोजनाबारे एमाले उपाध्यक्ष पौडेलको चासो

भवन निर्माण आयोजनाबारे एमाले उपाध्यक्ष पौडेलको चासो
अ अ+ अ-
लुम्बिनी । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण सुरु हुन लागेको भवन निर्माण आयोजनाबारे आज स्थलगत अनुगमन गरी जानकारी लिनुभएको छ ।
आयोजनाको जानकारी लिँदै रुपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका उपाध्यक्ष पौडेलले गुणस्तरियतासँगै समयमै काम सक्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गर्नुभयो । सो अवसरमा उहाँले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न तथा गुणस्तरीय काममा जोड दिन आग्रह गर्नुभयो ।
प्रादेशिक अस्पतालमा रु ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा एक हजार दुई सय शय्याको भवन निर्माण गर्न प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र सो आयोजना सम्पन्न गर्ने लक्ष्य छ । उपाध्यक्ष पौडेलले रुपन्देहीमा ठूलो लगानीमा संरचना निर्माण हुन लागेको उल्लेख गर्दै प्रदेशले अगाडि बढाएको यो आयोजनालाई सङ्घीय सरकारबाट आवश्यकपर्ने सहयोगका लागि  पहल गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “यो आयोजना प्रदेशवासीको सर्वाधिक सरोकारको आयोजना हो ।”
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले जोखिमरहित तरिकाले अस्पतालको हालको स्वास्थ्य सेवामा कुनै पनि प्रभाव नहुने गरी पुराना संरचनालाई मार्किङ गरेर हटाउने प्रक्रिया सुरु भएको गरिएको उपाध्यक्ष पौडेललाई जानकारी दिनुभयो ।
अस्पतालमा बहिरङ्ग सेवामा जनरल मेडिसिन, न्युरो मेडिसिन, यौन तथा छाला रोग, नेफ्रोलोजी, जनरल सर्जरी, हाड जोर्नी तथा नसा रोग, नाक कान घाँटी रोग, आँखा रोग, युरोलोजी, न्युरो साइक्याट्रिक, दन्त रोग, कार्डियोलोजी, प्लास्टिक सर्जरीलगायत सञ्चालनमा रहेको अस्पतालका सूचना अधिकारी वरिष्ठ बाल रोग विशेषज्ञ डा नेत्रबहादुर रानाले जानकारी दिनुभयो ।
अस्पतालमा निर्माण हुनलागेका आयोजनाको जानकारी लिएपछि उपाध्यक्ष पौडेलले आजै अस्पतालका चिकित्सकसँग अस्पतालमा गुणस्तरिय स्वास्थ्य सेवा बिस्तारका बारेमा बारेमा छलफल गर्नुभएको थियो । त्यस अवसरमा अस्पतालका बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा विष्णु शर्माले लुम्बिनी प्रादेशिक अस्पताललाई विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने अस्पतालका रुपमा लैजान ढिलाई गर्न नहुने सुझाव दिनुभयो ।
यस्तै अस्पतालका पूर्वमेडिकल सुपरिटेन्डेन्ट डा इन्द्र ढकालले प्रादेशिक अस्पतालमा निर्माण हुने पूर्वाधार आयोजनाको जनस्तरबाट विज्ञसहितको सुझाव तथा अनुगमन समिति बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले भवन निर्माण गर्दा आवश्यक संरचना व्यवस्थापनमा पटक पटक तोडफोड गरेर व्यवस्थापन गर्न नपर्ने गरी पहिले नै ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
प्रदेश पूर्वाधार विकास प्राधिकरणमापत नयाँ भवनको निर्माण अगाडि बढेको हो । अस्पतालको ६ बिघा १२ कट्ठा जग्गामा भवन निर्माण हुन लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सो आयोजनाका प्रमुख इञ्जिनियर रमेश शर्माले जानकारी दिनुभयो । हालको तीन सय ९समितिबाट थप भएकोसमेत गरी पाँच सय० शय्याको अस्पताललाई विस्तार गरी न्यूनतम एक हजार दुई सय शय्याको क्षेत्रीय बहु अनुसन्धनात्मक अस्पताललाई स्तरोन्नति गर्ने प्रस्ताव गरिएको उहाँको भनाइ छ ।
विसं २०८५ साल पुसमा निर्माण सक्ने गरी हालै भवन निर्माणको सम्झौता भएको छ । अन्तर्राष्ट्रिय भारतीय कम्पनी क्याप साइट–आशिष–रेलिग्रेट भेन्चरले नेपाली कम्पनीसँग संयुक्तरूपमा काम गर्ने गरी गत पुस २६ गते उक्त सम्झौता भएको हो । रासस