४ पुष २०८२, शुक्रबार
,
Latest
शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरसबाट अमेरिकामा करिब पाँच लाखको मृत्यु



अ+ अ-

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको शुरु भएदेखि यता संयुक्त राज्य अमेरिका करिब पाँच लाख व्यक्तिको मृत्यु भएको छ ।  अमेरिकामा कोरोना भाइरसका कारण विश्वको तुलनामा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । अमेरिकी राष्ट्रपति जो बिइडेनका प्रमुख चिकित्सा सल्लाहकार एन्थोनी फौसीले ‘हामीले सयौं वर्षयता इन्फ्लुएन्जाको महामारीपछि यति धेरै नागरिकको ज्यान गएको यो मात्र देखेका छौँं’ भन्नुभयो ।

अमेरिकामा कोरोना भाइरसबाट चार लाख ९८ हजार जनाको मृत्यु भएको जोन हप्किन्स विश्वविद्यालयले जानकारी दिएको छ ।  सन् २०२० फेब्रुृअरीमा संयुक्त राज्य अमेरिकामा कोभिड–१९ बाट पहिलो व्यक्तिको मृत्यु घोषणा भएको थियो । एक वर्षपछि कोरोना भाइरसबाट मृत्यु हुनेृ व्यक्तिको संख्या पाँच लाख पुगेको छ ।

अमेरिकामा मृत्यु हुने संख्या पाँच लाख पार गर्ने क्रममा बाइडेनले भने कि उनीहरु संकटको कहिले समाधान हुन्छ भन्ने बारे दृढ भविष्यवाणी गर्न नचाहनु भएको बताइन्छ  । तर अमेरिकामा कोरोना भाइरसको खोप दिन थालिसकिएको छ ।

यहाँ अहिलेसम्ममा ६ करोड १० लाख जनाले यो खोप लगाइसकेका छन् । त्यसैगरी  एक करोड ८० लाख जति नागरिकले भने यो खोपको पूरै मात्रा लगाएका पनि अमेरिकी औषधि विभागले जानकारी दिएको छ । रासस