२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिटरब्याजपीडित र सरकारबीच आज दोस्रो चरणको वार्ता हुँदै



अ+ अ-

काठमाडौं । सरकार र मिटरब्याजपीडितबीच आज पनि वार्ता हुने भएको छ । पहिलो चरणमा हिजो साँझ भएको वार्तामा ठोस कुरा नै नभएपछि आज पुन: छलफल गर्ने सहमति भएको छ ।

गृह मन्त्रालयमा आज बिहान ११ बजे सरकार र र मिटरब्याजपीडितबीच वार्ता हुने छ । २३ दिन हिँडेर पैदलै काठमाडौं आइपुगेकाे पाँच दिनपछि हिजो पहिलो चरणमा उनीहरुसँग वार्ता गर्न गृह मन्त्रालयले अग्रसरता देखाएको हो । हिजोको वार्तामा मिटरब्याजपीडितहरुले सरकारलाई माग सुनाएका थिए ।

वार्ता टोलीमा पीडितको नेतृत्व गरेका मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले अहिले भएका कानुनी व्यवस्था मिटरब्याज पीडितको समस्या समाधानका लागि पर्याप्त नभएको बताएका छन् । पीडितहरुले समस्या समाधानका लागि न्यायिक आयोग गठन गर्नुपर्ने र दीर्घकालीन समस्या समाधान गर्न उचित कानुनी व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

त्यसो त मिटरब्याजपीडितहरु पहिलो पटक आन्दोलनमा उत्रिएका हैनन् । यसअघि देशभरका मिटरब्याजपीडित काठमाडौंमा आएर आन्दोलन गरेपछि सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग बनाएको थियो । आयोगले पीडितसँग निवेदन आह्वान गर्दा २८ हजार उजुरी परेका थिए । तर तीमध्ये आयोगले ५ हजारको मात्र मिलापत्र गराएको थियो ।