१२ श्रावण २०८३, मंगलवार
,
Latest
चीनमा समुन्द्रमा डुवेको जहाजबाट ४८ जना भियतनामीको उद्धार देवानगञ्ज घटनापछि सुनसरीका केही क्षेत्रमा निषेधाज्ञा र कर्फ्यू कायमै चार महिनामा सुशासनका लागि सरकारको पहल सकारात्मक : मानव अधिकार तथा शान्ति समाज पाकिस्तानकाे रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी एआई डेटिङ एपबाट २६५ जोडीको विवाह नेप्सेको सीईओ पदका लागि खुला प्रतिस्पर्धाबाट आवेदन आह्वान धनगढी विधि विज्ञान प्रयोगशालामा आउने ९५ प्रतिशतभन्दा बढी नमूना लागुऔषधसम्बन्धी सोलुखुम्बुकी जेचुन शेर्पा अमेरिकी राष्ट्रिय कराँते टोलीमा छनोट स्वास्थ्यकर्मी सुरक्षा ऐन संशोधन मस्यौदामा सुझाव दिने आज अन्तिम दिन नेपाल कानून आयोगलाई सरकारी विधेयक तर्जुमाको मुख्य निकाय बनाउने तयारी, ऐन संशोधनमा सार्वजनिक सुझाव माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमाथि सहज जित निकाल्दै नेदरल्यान्ड्सले लियो अघिल्लो खेलको बदला



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेदरल्यान्ड्सले नेपाललाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भर्खरै सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपाललाई ८ विकेटले पराजित गरेको हो । योसँगै यसअघिको खेलमा ९ विकेटले पराजय बेहोरेको नेदरल्यान्ड्सले आजको जितसँगै नेपाललाई बदला लिएको छ ।

नेपालले दिएको १७३ रनको लक्ष्य नेदरल्यान्ड्सले ३७.५ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसका लागि विक्रमजित सिंह ५८ तथा सिब्रान्ड एंगलब्रेच्ट ४६ रनमा अविजित रहे । म्याक्स ओ’डोडले २८, माइकल लेभिटले ३९ रनको योगदान दिए । बलिङतर्फ नेपालका ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९ दशमलव तीन ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रनमात्रै बनायो ।

नेपालका लागि कुशल भुर्तेलले ९३ बल खेल्दै आठ चौकाको मद्दतमा ६६ रन बनाए । त्यस्तै  करण केसीले २६ रन जोड्दा आरिफ शेखले २२ रन जोडे । आसिफ शेखले १७, कप्तान रोहितकुमार पौडेलले १६, अनिल शाहले ७ र गुलशन झाले ५ रन बनाए ।

नेदरल्यान्ड्सका आर्यन दत्त र भिभियन किङ्ग्माले समान तीन/तीन  विकेट लिए । यसैगरी बास डि लिडेले दुई विकेट लिँदा रोलेफ भान डर मर्वेले एक विकेट लिए ।

लिगमा २४ त्रिदेशीय शृङ्खलाअन्तर्गत पहिलो शृङ्खला नेपालमा भएको हो । आगामी सन् २०२७ सम्म चल्ने उक्त लिग–२ मा नेपालसहित आठ टोलीको सहभागिता हुनेछ । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा भएको हो । आजको यो खेलसँगै पहिलो शृङ्खला समाप्त भएको छ ।

४ खेल सम्पन्न हुँदा नामिबिया ३ खेलमा जितसहित ६ अंक जोडेर तालिकाको शीर्षस्थानमा छ । यस्तै, २ जित निकालेको नेदरल्यान्ड्स ४ अंकसहित दोस्रो स्थानमा रहँदा १ खेलमा जित र ३ खेलमा पराजय बेहोेरेको नेपाल तेस्रो स्थानमा छ ।

लिग–२ मा आठ टिमले कुल १४४ एकदिवसीय खेल खेल्नेछन् भने २४ त्रिकोणात्मक सिरिजमा प्रतिस्पर्धा हुनेछ । आठमध्ये शीर्ष चारमा पर्ने टिमको एकदिवसीय मान्यता स्वतः कायम रहन्छ भने विश्वकप छनोटमा सिधा स्थान बनाउनेछन् । यसअघि शीर्ष तीन टोली विश्वकपमा सिधै छनोट भएका थिए ।

बाँकी चार टिमका लागि दोस्रो अवसर हुनेछ । चार टिमले विश्वकप क्वालिफायर प्लेअफ खेल्नेछन्, जहाँ विश्वकप च्यालेन्ज लिगबाट आउने चार टिम गरी आठ टिमबीच प्रतिस्पर्धा हुनेछ ।