५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको सहज जित, ब्राइटन र एभर्टनले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले सहज जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले नटिङहम फरेस्टलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा भिल्लालाई जित दिलाउन डुगलास लुइजले दुई तथा ओली वाट्कीन्स र लिओन बेलीले एक–एक गोल गरे ।

नटिङहमका मोउसा नियाखटे र गिव्स ह्वाइटले गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । भिल्ला २६ खेलबाट ५२ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । नटिङहम २४ अंकका साथ १६ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा ब्राइटन र एभर्टनले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ७३ औं मिनेटमा जेरार्ड ब्रान्थवाइटले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ९०+५ औं मिनेटमा लेविस डंकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए । ब्राइटन ३९ अंकका साथ सातौं स्थानमा रहँदा एभर्टन २१ अंकका साथ १७ औं स्थानमा छ ।