१९ मंसिर २०८२, शुक्रबार
,
Latest
भ्याली पब्लिकका तीनै टोली विजयी चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन भदौमा त्यो स्थिति जे आयो, त्यो न तपाईँको हातमा थियो, न हाम्रो हातमा कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एस्टन भिल्लाको सहज जित, ब्राइटन र एभर्टनले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लाले सहज जित निकालेको छ । गएराति भएको खेलमा भिल्लाले नटिङहम फरेस्टलाई ४–१ गोलले पराजित गरेको हो । घरेलु मैदानमा भिल्लालाई जित दिलाउन डुगलास लुइजले दुई तथा ओली वाट्कीन्स र लिओन बेलीले एक–एक गोल गरे ।

नटिङहमका मोउसा नियाखटे र गिव्स ह्वाइटले गोल फर्काएपनि टोलीको हार टार्न सकेनन् । भिल्ला २६ खेलबाट ५२ अंकका साथ तालिकाको चौंथो स्थानमा छ । नटिङहम २४ अंकका साथ १६ औं स्थानमा छ ।

गएराति नै भएको अर्को खेलमा ब्राइटन र एभर्टनले एक–एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ७३ औं मिनेटमा जेरार्ड ब्रान्थवाइटले गोल गर्दै एभर्टनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यता, ९०+५ औं मिनेटमा लेविस डंकले गोल गर्दै ब्राइटनलाई हारबाट जोगाए । ब्राइटन ३९ अंकका साथ सातौं स्थानमा रहँदा एभर्टन २१ अंकका साथ १७ औं स्थानमा छ ।