• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

केन चम्किँदा बायर्न विजयी



काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगामा बायर्न म्युनिखले जित निकालेको छ । गएराति भएको खेलमा बायर्नले आरबी लाइप्जिगलाई २–१ गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जित दिलाउन दुबै गोल ह्यारी केनले गरे । लाइप्जिगका बेन्जामिन सेस्कोले एक गोल फर्काए । खेलको ५६ औं मिनेटमा केनले पहिलो गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए ।

७० औं मिनेटमा सेस्कोले गोल गर्दै लाइप्जिगलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ९०+१ औं मिनेटमा केनले व्यक्तिगत तथा टोलीका लागि दोस्रो गोल गर्दै महत्वपूर्ण जित दिलाए ।

बायर्न २३ खेलबाट ५३ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । लाइप्जिग ४० अंकका साथ पाँचौं स्थानमा छ ।