• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   गृहमन्त्री लामिछानेद्वारा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको अवलोकन ★   चितवनमा हुरीका कारण केराखेतीमा रु १२ करोडको क्षति ★   नेपालमा ब्रिटिस लगानीका लागि महासङ्घको अनुरोध ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा २८ गते सुनुवाइ हुने ★   विश्वकप छनोट खेल्ने नेपाली फुटबल टोलीको बिदाइ ★   प्रसुति गृहको नयाँ भवन चाँडै सञ्चालनमा ल्याउन स्वास्थ्यमन्त्री यादवको निर्देशन ★   अन्नपूर्ण आरोहण दिवसः मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम ★   सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते ★   आर्मीले बुढानिलकण्ठलाई हरायो ★   मिथ्या सामाग्री पस्केर पत्रकारितालाई नधुमिल्याऔँः अध्यक्ष बस्नेत

नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा छः उपाध्यक्ष सापकोटा



काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेपाल अहिले भूराजनीतिको जटिल अवस्थामा रहेको बताउनुभएको छ ।

शनिवार काठमाडौंमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई नेपालीहरुले नै रक्षा गर्नुपर्ने बताउनु भयो । उहाँले नेपालीहरुलाई राजनीतिक दलहरुले बाटो देखाउनुपर्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरुले बाटो देखाउन नसके दलहरु सकिने दिन आउने बताउनु भयो । उहाँले नेपाली जनतालाई ठिक ढंगले बाटो देखाउने हो भने धर्तीको कुनै तागतले नेपालीलाई हानी पुयाउन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपाल वास्तवमा अहिले जियोपोलिटिक्स सिच्वेशनका कारणले गम्भीर र जटिल पेचिलो अवस्थामा गएको छ । यो नेपाल नेपालीहरुको हो । नेपाललाई रक्षा नेपालीहरुले गर्दछन् । त्यसमा बाटो देखाउने काम राजनीतिक पार्टीहरुको हो । राजनीतिक पार्टीले इतिहासको यो आवाजलाई बुझ्न सकेनन् भने उनीहरु पनि पछि पर्दछन् । मान्छेहरु भन्छन् नि, यो सधैँ स्वतन्त्र भइरहेको छ । एकदिन त्यस्तो बिन्दु आउन सक्छ । जुन दिन सदाका लागि हामी सिद्धिने दिन आउँछ । तर नेपाली जनतालाई ठिक ढंगले गाइड गर्ने हो भने धर्तीको कुनै तागतले हामीलाई सिध्याउन सक्दैनन् । आवश्यकता हामी जनतामा भर पर्नुपर्छ । आत्मनिर्भर हुनुपर्छ ।’

उपाध्यक्ष सापकोटाले राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र प्रियतावाद बढिरहेको बताउनु भयो । उहाँले कतिपय प्रियतावादीहरुलाई राजनीति चटकबाजी लागिरहेको बताउनु भयो ।