२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा, ‘साम्बा’ ले गरिन् पाँच गोल



फाईल फोटो
अ+ अ-

काठमाडौं । सावित्रा भण्डारी ‘साम्बा’ ले पाँच गोल गरेसँगै नेपाल वाफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको समूह चरणको दोस्रो खेलमा इराकविरुद्ध नेपालले फराकिलो जित दर्ता गरेको हो ।

खेलमा साम्बाले पहिलो हाफमा चार गरी कुल पाँच गोल गरिन् । यो गोलसँगै उनले आफ्नो अन्तर्राष्ट्रिय करिअरमा ४४ खेलमा ४९ गोल पुर्याएकी छन् ।

नेपालले २ खेलमा ६ अंक जोडेको छ ।

नेपालले समूह चरणको पहिलो खेलमा सिरियामाथि ४-१ को सानदार जित हात पारेको थियो । नेपालले अब समूह चरणको अन्तिम खेलमा प्यालेस्टाइनविरुद्ध शनिबार खेल्ने छ ।