५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल ‘ए’ लाई हराउदै क्यानडा–११ ले जित्यो सिरिज



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपाल ‘ए’लाई चार विकेटले हराउदै क्यानडा–११ ले सिरिज जितेको छ । भ्रमणकारी टोली क्यानडाले तीन खेलको शृङ्खला २–१ ले जित्दै आफ्नो पक्षमा पारेको हो ।

नेपालको ‘ए’ ले दिएको एक सय ८१ रनको लक्ष्य पछ्याएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर पुरा गर्‍यो । क्यानडाका लागि निकोलस किर्तनले अर्धशतकीय ईनिङ खेले । उनले ७९ बलमा ६ चौकासहित अविजित ५८ रनको योगदान गरे । ओपनर ब्याट्सम्यान एरोन जोन्सनले ४२ रन बनाउदा नवनित धालिवालले ३८, निखिल दत्तले १४ र दिलप्रित बाजवाले ११ रन जोडे ।

नेपालीको लागि साहब आलमले चार विकेट लिदा शेर मल्ल र बसिर अहमदले एक–एक विकेट हात पारे ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले ४७ ओभरमा सबै विकेट गुमाएर एक सय ८१ रन बनाएको थियो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले सर्वाधिक २८ रन बनाएका थिए । घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए । कुमालले ५३ बलमा दुई चौकासहित २७ रन बनाए । बसिर अहमदले २५, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिए ।

क्यानडाको लागि डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए । कलिम साना र साद जाफरले एक–एक विकेट लिए ।

तीन खेलको सिरिजको पहिलो खेलमा क्यानडा–११ ले नेपालको ‘ए’लाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ ले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।