९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला लघुवित्तले शुक्रबार आइपीओ बाँडफाँड गर्दै



अ+ अ-

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले  शुक्रबार आइपीओ बाँडफाँड गर्ने भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङका अनुसार शुक्रबार (फागुन १४ गते) आइपीओ बाँडफाँट गर्ने तयारी भएको हो ।  

यो आइपीओमा सर्वसाधारणलाई बिक्री गरिएको ३ लाख ७५ हजार कित्तालाई आधार मान्दा ३७ हजार ५०० जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १५ लाख  १८२ जनाले भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । सेयर बाँडफाँट गोलाप्रथाबाट हुने भएको छ । 

यसमा कुल २ अर्ब ३४ करोड ३३ लाख ७७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । १५ लाख ३६ हजार ६८२ जनाले २ करोड ३४ लाख ३३ हजार ७७० कित्ताका लागि आवेदन दिएका छन् ।

कम्पनीले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ बिक्री खुला गरेको थियो । जसमा खुला गरेको मध्ये ०.५ प्रतिशत (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो । 

त्यस्तै ५ प्रतिशत (२० हजार कित्ता) शेयर म्युचुअल फन्डलाई बाँडफाँट छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिएको हो ।