२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

यी हुन् प्रेमी-प्रेमीकाले एक-अर्कालाई कहिल्यै भन्न नहुने ४ कुराहरू

यी हुन् प्रेमी-प्रेमीकाले एक-अर्कालाई कहिल्यै भन्न नहुने ४ कुराहरू
अ अ+ अ-

एजेन्सी । प्रेमी-प्रेमीकाको सम्बन्ध निकै नै गाढा हुन्छ। जीवनमा सँगै जिउने र मर्ने सम्मको बाचा गरेर एक-अर्कासँग रमाउने गर्छन्, प्रेमी-प्रेमीकाहरू तर एउटा सानो गल्ति या सानो कुरामा भएको मनमुटावले ती सबै बाचा कसमलाई पखालेर एकअर्काबाट छुटिन समेत पुग्छन् ।प्रेमी र प्रेमीकाबीच हुने केहि यस्ता कुराहरू हुन्छन् जसले दुवैको मनलाई एकअर्काबाट टाढा राख्नु नै उचित ठान्छन् । प्रेमीका विषयमा प्रेमीकाले गर्ने सानो गल्ति र प्रेमीकाका विषयमा प्रेमीले गर्ने सानो गल्ति पनि उनीहरुको छुट्टिने कारण बन्न सक्छ । 

प्रेमी-प्रेमीकाबीच विश्वासको वातावरण राख्नका लागी दुवै एकअर्कामा खुल्नु आवश्यक हुन्छ । हरेक कुरालाई शेयर गर्नुले सम्बन्धलाई थप प्रगाढ बनाउँछ भन्ने हाम्रो धारणा छ तर केहि यस्ता कुराहरु पनि हुन्छन् जुन आफ्नो प्रेमीलाई भन्नु भन्दा जीवनभर मनमा नै राख्नु नै उचित हुन्छ । प्रेमीकाले प्रेमीलाई केही कुराहरु कहिल्यै नखोलेको राम्रो हुन्छ । प्रेमीकाले प्रेमीलाई भन्न नहुने केहि यस्ता कुराहरु छन्, जसले दुईबीचको सम्बन्धलाई कुनै असर गर्दैन । जानौ ती कुराहरु जुन प्रेमीकाले आफ्नो प्रेमीसँग कहिल्यै नखुल्दा राम्रो हुन्छ । 

१) आफ्ना साथीहरुको कुराहरू: प्रेमीकाले आफ्ना साथीहरुसँग गरिने कुराहरु तथा उनीहरूका सम्बन्धी कुराहरू आफ्नो प्रेमीलाई नभनेको राम्रो हुन्छ । आफ्ना साथीहरुले विश्वास गरेर भनेका कुराहरूलाई बाहिर नल्याउनु नै राम्रो हुन्छ । 

 २) तपाईको पासवर्ड: तपाईले प्रयोग गर्ने इमेल, फेसबुक, तथा अन्य कुनै पासवर्डहरू प्रेमीलाई नभनेको नै राम्रो हुन्छ । उनीहरुलाई जति विश्वास र माया गरेपनि यस्ता कुराबाट उनीहरुलाई टाढा राख्नु नै राम्रो । 

 ३) प्रेमीको परिवार मन नपर्ने कुरा: तपाईको प्रेमीको परावारका बारेमा तपाईको धारणालाई नखुलाएको नै राम्रो हुन्छ । तपाईको प्रेमीको आमा तथा दिदीबहिनीका बिषयमा तपाईको धारणा सकेसम्म प्रेमीसँग नखोल्नु नै राम्रो हुन्छ ।

 ४) पूर्व प्रेमी बारे: सकेसम्म आफ्ना पूर्व प्रेमीको बारेमा धेरै कुरा आफ्नो अहिलेको प्रेमीलाई नखुलाएको राम्रो । अहिलेको प्रेमीलाई यो विश्वास होस् की तपाईले आफ्नो पूर्व प्रेमीलाई पूर्ण रूपमा छोडोसक्नु भएको छ र उबाट टाढा नै रहन चाहनुहुन्छ ।