२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्णायक खेलमा नेपालको ‘ए’ले क्यानडालाई दियो १८२ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा नेपालको ‘ए’ले क्यानडा–११ लाई जितका लागि एक सय ८२ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले ४७ ओभरमा सबै विकेट गुमाएर एक सय ८१ रन बनायो ।

नेपालका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले सर्वाधिक २८ रन बनाए । घिरैया र अर्जुन कुमालले ५४ रनको साझेदारी गरेका थिए । कुमालले ५३ बलमा दुई चौकासहित २७ रन बनाए । बसिर अहमदले २५, सुजन थपलियाले २०, रसिद खानले १९, प्रतिश जिसीले १९, कप्तान सन्दीप जोराले २४ र हेमन्त धामीले ६ रनको योगदान दिए ।

क्यानडाको लागि डिल्लन हेलिगर, निकोलस किर्तन र हर्ष ठाकेरले दुई–दुई विकेट लिए । कलिम साना र साद जाफरले एक–एक विकेट लिए ।

तीन खेलको सिरिजमा हाल १–१ को बराबरीमा छ । आजको खेलमा विजयी हुने टोलीले उपाधि हात पार्नेछ । पहिलो खेलमा क्यानडा–११ ले नेपालको ‘ए’लाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ ले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।

 




भर्खरै