२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडा–११ विरुद्ध नेपाल ‘ए’ ले २० ओभरमा तीन विकेट गुमाएर ८३ रन बनायो



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण एकदिवसीय प्रतियोगितामा क्यानडा–११ विरुद्ध तेस्रो तथा निर्णायक खेलमा नेपाल ‘ए’ टोलीले अहिले ब्याटिङ गरिरहेको छ ।

काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २०.३ ओभरमा तीन विकेट गुमाएर ८३ रन बनाएको छ ।

नेपालको लागि आशुतोष घिरैयाले ४३ बलमा ५ चौकासहित २८ रन बनाएर आउट भए । यस्तै शेर मल्ल शुन्य रन बनाएर आउट भए । यस्तै, २०. ३ ओभरमा अर्जुन कुमाल २७ रन बनाएर आउट भए । अहिले क्रिजमा कप्तान सन्दीप जोरा (२३) र सुजन थपलिया रहेका छन् ।

तीन खेलको शृंखला हाल १–१ को बराबरीमा छ । आजको खेलमा विजयी हुने टोलीले शृंखला आफ्नो पक्षमा पार्नेछ । पहिलो एकदिवसीय खेलमा क्यानडा–११ ले नेपालको ‘ए’ टोलीलाई चार विकेटले हराएको थियो । दोस्रो खेलमा भने नेपालको ‘ए’ टोलीले क्यानडा–११ लाई दुई विकेटले हराएको थियो ।