२ पुष २०८२, बुधबार
,
Latest
ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु संसद विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश रूस र इरानद्वारा अन्तर्राष्ट्रिय यातायात मार्ग कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्यान्डमाथि अष्ट्रेलियाको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । टी–२० अन्तर्राष्ट्रिय खेलमा अष्ट्रेलियाले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हात पारेको छ । स्काई स्टेडियम वेलिङ्टनमा केहीबेरअघि सम्पन्न खेलमा अष्ट्रेलिया ६ विकेटले विजयी भएको हो । न्युजिल्यान्डले दिएको २१५ रनको लक्ष्य भेट्टाउन अष्ट्रेलियालाई अन्तिम ओभरको अन्तिम बलसम्म कुर्नुपरेको थियो ।

अष्ट्रेलियाले उक्त लक्ष्य २० ओभरमा शून्य बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टाएको हो । अष्ट्रेलियाको जितमा कप्तान मिचेल मार्श ७२ तथा टिम डेभिड ३१ रनमा अविजित रहे । ४४ बल खेलेका मार्शले २ चौका र ७ छक्का प्रहार गरे भने १० बल मात्रै खेलेका डेभिडले २ चौका र ३ छक्का प्रहार गरे । यस्तै, ट्रेभिस हेडले २४, डेभिड वार्नरले ३२, ग्लेन म्याक्सवेलले २५ र जोस इङ्लिसले २० रन जोडे ।

बलिङतर्फ न्युजिल्यान्डका मिचेल सान्टनरले २ तथा एडम मिल्ने र लोकी फर्गुसनले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २१५ रन जोड्यो । उसका लागि रचिन रविन्द्रले ६८, डभोन कोनवेले ६३, फिन एलेनले ३२ रन जोड्दा ग्लेन फिलिप्स १९ तथा मार्क चाम्पमान १८ रनमा अविजित रहे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि मिचेल स्टार्क, प्याट कमिन्स र मिचेल मार्शले १–१ विकेट लिए । न्युजिल्यान्ड हाल अष्ट्रेलियाको भ्रमणमा रहेको छ ।