६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार विदेशी मुद्राको विनिमयदर कति ?, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बिहिबार पनि अमेरिकी डलरको भाउ घटेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङको भाउ भने बढेको छ ।  आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ४५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ २ पैसा भएको हो ।

त्यसैगरी, एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६३ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६४ रुपैयाँ ८ पैसा तोकिएको छ।  त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९७ पैसा तोकिएको छ ।

आज एक बहराईन दिनारको खरिददर ३ सय ६ रुपैयाँ ११ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ७ रुपैयाँ ७०  पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५५ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ३ सय ८१ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८३ रुपैयाँ ५६ पैसा तोकिएको छ ।  त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४१ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४७ पैसा तोकिएको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७७ पैसा तोकिएको छ भने बिक्रिदर ३० रुपैयाँ ९३ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ८६ पैसा तोकिएको छ ।