२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियाविरुद्ध पहिलो हाफमा नेपाल ३–१ गोलले अगाडि



अ+ अ-

काठमाडौँ । वाफ वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको खेलमा नेपालले सिरियासँग प्रतिस्पर्धा गरिरहेको छ । पहिलो हाफको समाप्तिमा नेपालले सिरिया विरुद्ध ३–१ को अग्रता बनाएको छ ।

खेलको १० औं मिनेटमा अमिशा कार्कीले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन् । सिरियाका किपर र डिफेन्डरबीच तालमेल मिल्न सकेन र कार्किले सदुपयोग गर्दै गोल गरिन् ।

यस्तै, १३ औं मिनेटमा अनिता बस्नेतले कर्नरबाटै उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् । १९ औं मिनेटमा साबित्रा भण्डारीले गोल गर्दै नेपालको अग्रता ३–० ले बढाइन् । उनलाई अमिशा कार्कीले पास उपलब्ध गराइन् ।

४३ औ मिनेटमा फ्रिकिकबाट आएको बलमा गोलकिपर एन्जिला सुब्बाले सन्तुलन गुमाउदा गोल खान पुगिन् र सिरिया १–३ को अवस्थामा आयो ।