२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु News Polar नवदुर्गाको तेस्रो स्वरूप चन्द्रघण्टाको आराधना News Polar सुदूरपश्चिममा कांग्रेसको बहिष्कारबीच बजेटमाथि छलफल News Polar डा. कृष्णहरि बरालको शब्द र महेश खड्काको संगीतमा ‘दशैं आयो’ सार्वजनिक News Polar ३० हजार दर्शकको सहभागितामा सिद्धार्थ फुड फेस्टिभल सम्पन्न, प्रशन्ना पाण्डेको प्रस्तुति आकर्षण News Polar कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित News Polar अस्ट्रेलियामा वन्यजन्तु संरक्षणमा एआईको उपयोग बढ्दै News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, विनिता खड्काको यथास्थितिमा राखिने News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद

धन प्राप्तिका लागि यसरी गर्नुहोस् आरती !

धन प्राप्तिका लागि यसरी गर्नुहोस् आरती !
अ अ+ अ-

काठमाडौं । धनी बन्ने रहर कसको हुन्न तर सबै मानिस यसको हकदार बन्न सक्दैनन् । किनकी जति नै मिहिनेत गरेतापनि केही मानिसको जीवन सामान्य तरीकाले मात्रै चल्दछ । हिन्दु धर्मशास्त्र अनुसार कर्म गर्दा पनि फल प्राप्ती नहुने समस्याको समाधान छ । धर्मशास्त्रका अनुसार जागीर वा धनसम्पत्ति कमाउन भगवानको आराधनासहित व्रत बस्नु पर्दछ ।धन प्राप्तिका लागि जप्नुपर्ने मन्त्र र कुन बार कुन भगवान् को व्रत बस्ने भन्ने :

जागीर पाउन गर्नुपर्ने व्रत र नियम

१) जागीर पाउनका लागी शनिबार शनी देवको व्रत बस्नु राम्रो मानिन्छ । यसदिन तपाईले केहि कुरामा ध्यान दिनुभयो भने तपाईको जीवन सुखी हुन्छ ।

२) शनिबार बिहान सबेरै उठेर नुवाईधुवाई गरी एउटा सफा भाडामा तेल राखि आफ्नो छायाँ हेर्नुहोस् । आफूले छायाँ हेरेको तेल आवश्यकता भएका व्यक्तिलाई दान गर्नुहोस् । कालो कुकुरलाई खान दिनुहोस् । गरिब दिनदुखीलाई सेवा गर्नुहोस् सकेको दान गर्नुहोस् ।

३) शनिबार दिनभर केवल पानी जल मात्र ग्रहण गर्नुहोस् । आँटेको कुरा पूरा होओस् भन्नको लागि यी कर्मसँगै अन्न सेवन बर्जित छ ।

४) साँझमा पीपलको वृक्षको फेदमा जल अर्पण गरी सरस्युको तेलमा दियो बाल्नुहोस् ।

५) ॐ शं शनैश्चराय नम, मन्त्रको १०८ पटक जप गर्दै शनीको आराधना गर्नुपर्दछ।

६) साँझमा दुध, फल लगायतका फलाहार सेवन गर्न सकिन्छ । सकभर यो दिन अरुको सेवामा वा सामाजिक काममा दिन बिताउनुहोस् ।

धन प्राप्तीका लागी गरिने व्रत र नियम
धनकी देवी लक्ष्मी सबै मानव समुदायको अति प्रिय देवी भएकोले हिन्दु धर्मावलम्बी मात्रै होईन बौद्ध, इस्लाम, इसाई, जैन, शिख आदिले समेत लक्ष्मीको आराधना गर्दछन् ।

शास्त्रमा धनकी लक्ष्मी देवीको नाम एक हजार पटकसम्म जप्नुपर्ने प्रावधान राखिएका छन् । एक हजार धनलक्ष्मीको नाम जप्न सम्भव नभएका कारण धेरैले १६ लक्ष्मीको नाम जप्दछन् । त्यसलाई शास्त्रमा षोडशलक्ष्मी भनिएको छ भने अष्टलक्ष्मी भनि आठजना देवी लक्ष्मीको नाम पनि सधैँ जप्ने गरेका पनि छन् । अष्टलक्ष्मी पूजा र जपमा विशेष नियम र पूजाको व्यवस्था गरेको पाइन्छ । जस्तै लक्ष्मीको प्रतिमा, तस्वीर, मूर्ति आदिको अगाडि सिंगो विमिरो माथि केरा राखेर पूजा गरेमा देवी खुसी भई धनधान्य सन्तानले भरिपूर्ण हुन्छिन् र आर्शिवाद् दिन्छिन् भनिएको छ । 

त्यसकारण शास्त्र बमोजिम लक्ष्मी पूजा गर्नेहरुले एउटा सिंगो विमिरो र केरा समेत अन्य विभिन्न फलफूल, परिकार, वस्त्र, दाम, फूल, अक्षता सहित कलश स्थापना पनि गर्दछन् । घरभित्र र बाहिर झिलीमिली बत्ति बाल्दछन् । स्तोत्र पाठ मन्त्रपाठ सहित लक्ष्मी पूजा गर्नेहरुको लागि लक्ष्मी पूजन मन्त्रहरु पनि छन् ।

नमोस्तेस्तु महामाये श्री पीठे सुर पूजिते ।।
शंखचक्र गदा हस्ते महालक्ष्मी नमोस्तुते ।।१।।
नमस्ते गरुडारुदे कोलासुर भयंकरी ।।
सर्वपाप हरे देवी महालक्ष्मी नमोस्तुते ।।२।।
सर्वज्ञ सर्व वरदे सर्व दुष्ट भयंकरी ।।
सर्व दुःख हरे देवी महालक्ष्मी नमोस्तुते ।।३।।
सिद्धिबुद्धि प्रदे देवी भूक्तिमुक्ति प्रदायिने ।।
मन्त्रमूर्ते महादेवी महालक्ष्मी नमोस्तुते ।।४।।
आद्यान्तर रहिते देवी आद्यशक्ति महेश्वरी ।।
योगजेयोग सम्भूते महालक्ष्मी नमोस्तुते ।।५।।
स्थूलशूक्ष्म महारौदे्र महाशक्ती महोदरे ।।
महापाप हरेदेवी महालक्ष्मी नमोस्तुते ।।६।।
पद्मासने स्थिते देवी पद्मब्रम्ह स्वरुपिणी ।।
परमेशी जगतर्महालक्ष्मी नमोस्तुते ।।७।।
श्वेताम्बर धरेदेवी नानालंकमार विभूषिते ।।
जगतस्थिते जगतर्महालक्ष्मी नमोस्तुते ।।८।।
महालक्ष्मीस्तक स्तोत्र यो पठेत भक्तिमान्नर ।।
सर्वसिद्धि मवाप्लोति राज्य प्राप्नोति सर्वदा ।।९।।
एककालं पठेन्नित्यं महापाप विनाशवम् ।।
द्विकाल यं पठोन्नित्यं धनधान्य समान्वितंम् ।।१०।।
त्रिकाल यं पठेन्नित्यं महाशत्रू विनाशनम् ।।
महालक्ष्मी भवन्नित्यम् प्रशन्ना वरदा शूभा ।।११।।
।। इति ईन्द्रकृत महालक्ष्मीस्तक स्तोत्र सम्पूर्णम ।।

मोक्ष प्राप्त गर्न मोक्षलक्ष्मीको आराधना गर्नुपर्दछ। शुभ लक्ष्मी, स्थिर लक्ष्मी, गृह लक्ष्मी, धन लक्ष्मी, धान्य लक्ष्मी, वैभव लक्ष्मी, ज्ञान लक्ष्मी, बुद्धि लक्ष्मी, यश लक्ष्मी, पराक्रम लक्ष्मी, किर्ती, लक्ष्मी, शौभाग्य लक्ष्मी, सिद्धि लक्ष्मी, सन्तन लक्ष्मी, विश्व लक्ष्मी, ऋद्धि लक्ष्मी । साथे लक्ष्मीको पूजा गर्दा कुबेर देवताको पनि पूजा गर्ने प्रचलन रहेको छ । ऊँ नमः सम्पतिपतयै भनि कुवेरलाई नमस्कार पनि गरौँ ।।

१)धनसम्पत्ति प्राप्तीका लागि लक्ष्मी को ८ वटा शुक्रवार व्रत बस्नु पर्छ।
२) यस दिन लक्ष्मीको अष्ट स्वरुपको उपासना गर्दै धनलक्ष्मी स्वरुपको आराधना गर्नुपर्छ।
३) व्रतको दिन, दिनभर केवल जलाहार वा फलाहार मात्र ग्रहण गर्नुपर्छ ।
४) व्रतको मध्यरात्रीमा लक्ष्मीको प्रतिमा वा तस्वीर सम्मुखमा दियो बाल्नु पर्दछ।
५) रातिको समयमा ॐ श्रीं श्रीयै नमः मन्त्रको ११ पटक जप गरी आरती गर्नुपर्छ ।
६) आरती पश्चात् गुलाबको पुष्प वा गुलाबबाट बनेको इत्र समर्पित गर्नुपर्छ । त्यसपछि मात्र अलिनु अन्नको सेवन गर्नुपर्दछ । नुन सेवन बर्जित गरिएको छ ।

धन प्राप्तीको लागि !
धर्मशास्त्र अनुसार सबैभन्दा धनी देवताको मानिएको कुबेरको पूजा तथा उपासना गर्नुपर्छ । कुबेरको पूजा गर्नका लागि सबैभन्दा उत्तम दिन शुक्रबार हो ।

पूजा गर्ने तरिका !
तामाको एक प्लेटबाट कुबेर यन्त्र बनेको हुन्छ । जीवनमा सुखी, सम्पन्न र ऐश्वर्या प्राप्त गर्नको लागि कुबेर ७२ अंकलाई शुभ मानिन्छ । यस्तो यन्त्रलाई आफ्नो घर,अफिस तथा पसलहरुमा हरेक पटक आफ्नो आँखाले देख्नेगरी राख्न सकिन्छ ।

ख्याल राख्नुपर्ने कुरा !
यसको मुख उत्तर वा पूर्वी दिशामा फर्काएर राख्ने गर्नुपर्छ । हरेक बिहान पूजा गर्दा सुगन्धित धुप बाल्नुपर्ने हुन्छ । जसले गर्दा घरमा सकारात्मक उर्जा प्रदान गर्छ र नकारात्मक उर्जा हटेर जान्छ ।

कुबेर यन्त्रको पूजा गर्दा भगवान कुबेरको मन्त्र जप गर्नुपर्छ । ॐ श्रीं ह्रीं क्लीं श्रीं क्लीं वित्तेश्वराय नमः॥ यो म’न्त्र हरेक बिहान २१ या १०८ पटक जप गर्नुहोस् ।

कस्ता मानिस जीवनभर खुसी हुन सक्दैनन् ?

१) सपना देख्ने क्षमता नभएका व्यक्ति : सपना देख्ने क्षमता नभएका व्यक्तिहरु कहिल्यै पनि धनी बन्न सक्दैनन् किनभने उनिहरुसँग जीवनको कुनै लक्ष्य नै हुँदैन । उद्देश्य नभएका मानिसहरुको जीवन के गर्ने, कसो गर्ने भन्ने विषयमा रुमलिँदै बित्छ ।आजैबाट एउटा सपना देखेर त्यसमा निरन्तर लागिरहनुहोस् ।

२) समयको महत्व नबुझ्ने मानिस : समयको महत्व नबुझ्ने र साघुँरो सोच भएका मानिसहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । आजको युगमा जो मानिस समयको गतिसँगै दौडिन सक्छ उसले मात्र सफलता हासिल गर्न सक्छ । त्यसैले समयमा काम गरेमा मात्रै भाग्य खुल्छ र धन आर्जन गर्न सकिन्छ ।

३) कमाई अनुसार बचत नगर्ने मानिस : कमाई अनुसार बचत नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । धनी हुनको लागि निश्चिय पनि बचत गर्नुपर्छ । यदी तपाई जतिसुकै कमाउनुहोस् बचत गर्नु हुन्न भने तपाई कहिल्यै धनी बन्न सक्नुहुन्न ।

४) समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिस : समाजमा केही गर्ने इच्छाशक्क्ति नभएका मानिसहरु पनि धनि बन्न सक्दैनन् । त्यसैले मानिसमा केही गर्छु भन्ने इच्छाशक्क्ति हुनु जरुरी हुन्छ ।

५) संकिर्ण सोचाई भएका मानिसहरु : संकिर्ण र सकिर्ण सोचाइ बोकेर हिड्ने व्यक्तिहरु पनि कहिल्यै धनी बन्न सक्दैनन् । साघुँरो सोचाइ बोकेर मै खाऊँ मै लाऊ भन्ने सोचले अगाडि बढ्ने मानिसहरुले कहिल्यै सफलता हात पादैनन् ।

६) भाग्यमा विश्वास गर्ने मानिस : भाग्यमा विश्वास गरेर भगवान् भरोसा गर्ने मानिस पनि जीवनभर धनी बन्न सक्दैनन् । यस्ता मानिसहरु दिनप्रतिदिन कमजोर बन्दै जान्छन् ।

७) ऋण लिने र अस्वस्थ्य व्यक्ति : ऋण लिने मान्छे र अस्वस्थ्य व्यक्ति पनि कहिल्यै धनी बन्न सक्दैनन् । यिनिहरुले जीवनभर दुःख, कष्ट गर्दै आफ्नो जीवन व्यतित गर्छन् ।

८) मनोबल कमजोर भएका व्यक्तिहरु : आफ्नो मनोबललाई कमजोर पार्ने मानिसहरुले पनि गरिबी मै जीवन बिताउँछन् ।

९) अरुलाई अपमान गर्ने व्यक्तिहरु : अरुलाई अपमान गर्ने व्यक्तिहरु पनि कहिल्यै धनि बन्न सक्दैनन् । किनकि धनी बन्न र सम्मान पाउन अरुलाई पनि सम्मान गर्नुपर्छ ।

१०) स्त्रीलाई अपमान गर्ने मानिस : स्त्री अर्थात नारीहरु शक्ति हुन । लक्ष्मीको रुप हुन् । त्यसैले स्त्री अर्थात नारीलाई सम्मान नगर्ने मानिस पनि जीवनभर धनि बन्न सक्दैनन् । नारीलाई गलत दृष्टिले हेर्नेहरुमाथि लक्ष्मीको नजर पर्दैन ।

११) लगनशील भएर कर्म नगर्ने मानिस : जीवन धेरै संघर्षशिल छ । जसले मेहनत र संघर्ष गर्छ उसले मात्र सफलता हात पार्न सक्छ । त्यसैले अल्छी मानिसहरु कहिल्यै धनी बन्न सक्दैनन् ।

१२) कुलतमा फसेका व्यक्ति : कुलतमा फसेका व्यक्तिहरुले पनि जीवनमा धन हात पार्न सक्दैनन् । यीनिहरु कहिल्यै धनको सदुपयोग गर्न जान्दैनन् । जतिसुकै कमाउने मानिस किन नहोस् यदि ऊ कुलतमा फसेको छ भने कहिले धनी बन्न सक्दैन् ।

१३) सकारात्मक सोच नभएको व्यक्ति : यदी मानिसमा सकारात्मक सोच छैन भने ऊ कहिल्यै पनि धनी बन्न सक्दैन अरुको कुरा काट्ने, चासो राख्ने चियो गर्ने, दुख दिन, अप्ठेरो पार्ने जस्ता बानी गरेका कारण ऊ स्वयम् को अवन्नती शुरु हुन्छ । कहिल्यै उँभो लाग्न सक्दैन ।

साँझमा आरती कसरी गर्ने ? के छन् लाभ ?

काठमाडौं साँझ परेपछि हामी घरको सरसफाई गर्न थाल्छौँ । कारण साँझमा धेरैको घरमा आरति गरिन्छ । आरती गर्दा केही कुरामा भने ध्यान दिनुपर्छ । हरेक साँझ घरको आँगन, पिँढी, दलान, कोटा कुचोले सफा बनाउनु पर्दछ । गाउँघरमा भए गाईको गोबरले लिपेर सफा बनाउने, ढलान घर भए पुछपाछ पार्ने, होहल्ला, अनावश्यक गफगाफ, चियोचर्चो नगर्ने, पानी सार्न प्रयोग गर्ने गाग्री लोटा र पूजाकोठाका भाँडाकुँडा राम्ररी सफा गर्ने र पानी भर्ने, घरमा सबैतिर उज्यालो हुनेगरी बत्ति बाल्ने, पूजाकोठामा पनि झिलिमिली बत्ती बाल्ने, शान्तमा बसेर परिवारको एक सदस्यले आरती गर्ने, भगवानलाई सफा जल भरी ल्याएर चढाउने घण्टी बजाउने, धुप हाल्ने, दियो बालेर पूजाकोठाबाट दियोघरमा सार्ने, परिवारका सबै सदस्य जम्मा हुने, समझदार वातावरणमा गफ गर्ने । (एजेन्सीको सहयोगमा)