२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसिर र सन्दीपको अर्धशतकमा क्यानडामाथि नेपाल ए को रोमाञ्चक जित, सिरिज बराबरीमा



अ+ अ-

काठमाडौँ । क्यानडा–११ विरुद्धको एकदिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपाल ए विजयी भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा भर्खरै सम्पन्न खेलमा नेपाल ए ले क्यानडा ११ लाई दुई विकेटले पराजित गरेको हो ।

नेपालको जितमा सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । सन्दीपले ७४ बलमा ६६ रन, बसिरले ७३ बलमा ५२ रन जोड्दा रशिद खानले ५१ बलमा ४७ रनको योगदान दिए । बलिङतर्फ क्यानडाका अमोर खालिद, शाहिद अहमदजाई र निखिल दत्तले २–२ तथा साद बिन जफर र हर्ष ठाकेरले १–१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको क्यानडा–११ ले ४९ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउदै दुई सय ४० रनको योगफल बनायो ।

क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रनको योगदान दिए । उनले ८२ बल खेल्न क्रममा पाँच चौका प्रहार गरे । त्यस्तै नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।

बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए भने शेर मल्ल र रासिद खानले समान दुई/दुई विकेट लिए । त्यसैगरी सागर ढकाल र बसिर अहमदले समान एक/एक विकेट लिए ।

योसँगै सिरिज १–१ को बराबरी भएको छ । अब तेस्रो तथा अन्तिम खेल बिहीबार हुनेछ ।