२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यानडाले नेपाल ‘ए’लाई दियो २ सय ४१ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । एकदिवसीय सिरिजको दोस्रो खेलमा क्यानडा-११ले नेपाल ‘ए’लाई २ सय ४१ रनको लक्ष्य दिएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा-११ ले  ४९.५ ओभरमा अलआउट हुँदै २ सय ४० रन बनायो ।

क्यानडा–११ को लागि श्रेयस मोभाले सर्वाधिक ६८ रन जोडे । उनले ८२ बदमा ५ चौका प्रहार गरे । यस्तै, ओपनर ब्याट्सम्यान एरोन जोन्सनले ३६ र श्रीमन्था विजयरत्नेले ४१ रन बनाए । उनीहरुले पहिलो विकेटको लागि ६४ रनको साझेदारी गरे । नवनित धालिवालले ६० बलमा एक छक्का र ६ चौका प्रहार गर्दै ४६ रन थपे ।

नेपाल ‘ए’ का बलर साहब आलमले तीन विकेट लिए । शेर मल्ल र रासिद खानले दुई–दुई विकेट लिदा सागर ढकाल र बसिर अहमदले एक–एक विकेट लिए ।

शृंखलाको पहिलो खेलमा क्यानडा–११ चार विकेटले विजयी भएको थियो । तेस्रो एकदिवसीय खेल बिहीबार खेलिने छ ।