९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध

मधेस बचाउन चुरे संरक्षण आवश्यक छ: अध्यक्ष डा.पौडेल

मधेस बचाउन चुरे संरक्षण आवश्यक छ: अध्यक्ष डा.पौडेल
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्ष डा. किरण पौडेलले मधेस बचाउन चुरे संरक्षण गर्न आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार विश्व सामाजिक मञ्चले काठमाडौंमा आयोजना गरेको चुरे संक्षरण सम्बन्धि कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले मधेस बचाउनको लागि सरकारले सबै भन्दा पहिला चुरे संरक्षण गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष पौडेलले चुरे संरक्षणको लागि सरकारले विनियोजन गरेको बजेटले चुरे र मधेश दुवै जोगाउन नसकिने दाबी गर्नुभयो । उहाँले चुरे जोगाउनको लागि सबै भन्दा पहिला पहाडमा खोला क्षेत्रमा वृक्षारोपण गरी माटो बग्न रोक्नुपर्ने बताउनु भयो । उहाँले त्यसको लागि पहाडका नदि किनारमा बाँस तथा वातावरण संरक्षण गर्ने वनस्पतिहरु रोप्न आवश्यक रहेको बताउनु भयो । वातावरण संरक्षण गर्ने वनस्पतिहरु रोप्न त्यस क्षेत्रका मानिसहरुलाई जनचेतना जगाउन आवश्यक रहेको बताउनु भयो ।

अध्यक्ष पौडेलले १० अर्ब खर्च गरेर बाटो निर्माण गर्दा फालिएको माटो सरकारले दिएको १ अर्ब रुपैयाँ खर्च गरेर चुरे संरक्षण गर्न नसकिने बताउनु भयो । उहाँले चुरे संरक्षणको लागि सरकारले पर्याप्त बजेट व्यवस्थापन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले सरकारले दिने बजेटले चुरे संरक्षण गर्नसक्ने अवस्था नभएको स्पष्ट पार्नुभयो । उहाँले चुरे संरक्षण गुरु योजनाले हरेक वर्ष १५ देखि २२ अर्ब रुपैयाँ आवश्यक हुने आँकलन गरेको भएपनि समितिले एक अर्ब रुपैयाँ मात्रै बजेट पाएको बताउनु भयो । उहाँले सबैको व्यवहार परिवर्तन नभएसम्म चुरे संरक्षण हुन नसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ नेपालका पहाडका जति पनि बाटाहरु बनेका छन् । ती हजारौं किलो मिटर होलान । ती सबै खनेको छ । खोलामा फालिएको छ । राष्ट्रिय गौरवका आयोजनाले बनाएका गौरवका सडकहरुका बाटो पनि खोलामा नै फालिएको छ । सडक खनेर फालिएको बाटोले दुई सय घर बगाएको थियो । अनि चुरेले हेरेको छ के भन्दै प्रश्न गर्न मिल्छ । १० अर्ब खर्च गरेर फालेको बाटो एक अर्ब पैसा दिएर संरक्षण हुन्छ । गत आर्थिक वर्षमा सरकारले साढे दुई अर्ब पैसा थियो । ५० अर्बका आयोजना माग भएको थियो । हामीसँग चुरे संरक्षणको गुरु योजना छ । २०७४ सालमा बनेर लागू भएको छ । यो योजनाले हेरक वर्ष चुरे संरक्षणमा १५ देखि २२ अर्ब पैसा चाहिन्छ भनेको छ । त्यो पनि २०७२ सालको महँगीलाई आधार मानेर ।’

‘अहिलको आधारमा भन्ने हो भने १५ भए ठाउँमा २५ र २२ लाई ३२ गर्नुपर्ने भयो होला । तर सरकारबाट संरक्षण समितिले एक अर्ब पैसा पाएका छौं । एक अर्ब पैसा ३७७ जिल्ला,३२५ पालिका र ३ हजार दुई वडामा ६६ करोड बराबरको योजना दिनुपर्‍यो भनेर माग गर्नुभएको थियो । हामी सबैको व्यवहार परिवर्तन नगरी चुरे संरक्षण हुँदैन । चुरे संरक्षण गर्न राखिएको पैसा बोर्डर संरक्षणमा जान्छ । हरेक वर्ष २ नदीको दुवैतिर एक–एक मिटर वाल उठाउनुपर्छ । पहिरो रोक्न दिनेकी हरेक वर्ष वाल उठाउँदै जाने भन्ने राजनीतिक प्रतिवद्धता चाहिन्छ । सत्तामा हुने नेतृत्वको भुमिका हुन्छ । चुरेमा वृक्षारोपण गर्ने,पोखरीहरु बनाउँदा संरक्षण दिगो हुन्छ भनेका छौं । चुरे क्षेत्रका हरेक नदिमा ५० लाखका दरले बाँस रोप्नुपर्छ । कम्तिमा २५ हजार हेक्कटर बाँस रोप्नुपर्छ । बाँसले माटो अन्य विरुवाको भन्दी बढी रोक्छ । दुई वर्ष भयो सहयोगी दाता फाइनल भएको थियो । तर उनीहरु गयो । ५० मिलियन डर बाँस रोक्न प्रतिवद्धता थियो । सरकारसँग स्वीकृती लिन दुई वर्ष लाग्यो ।’

उहाँले चुरे संरक्षणको लागि राजनीतिक प्रतिवद्धता पनि आवश्यक भएको बताउनु भयो । उहाँले राजनीतिक प्रतिवद्धता र सत्तामा भएको नेतृत्वको भुमिका बिना चुरे क्षेत्रको संरक्षण हुन नसक्ने देखिएको उल्लेख गर्नुभयो । उहाँले चुरेमा वृक्षारोपण गर्ने, पोखरीहरु बनाउँदा मात्रै चुरे संरक्षण दिगो हुने बताउनु भयो । उहाँले चुरे क्षेत्रका हरेक नदीमा ५० लाखका दरले बाँस रोप्न आवश्यक रहेको बताउनु भयो ।