एजेन्सी। विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ नेपालमा फेला परेको छ । वयस्क ब्ल्याक प्यान्थर काभ्रेजिल्लाको पलाञ्चोक भगवती नजिकै भेटिएको हो ।
ब्ल्याक प्यान्थरलाई त्यहाँका स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । विश्वमै दुर्लभ मानिएको ‘ब्ल्याक प्यान्थर’ फेला परेपछि जिल्ला वन कार्यालय काभ्रेले अनुसन्धान शुरु गरेको जनाइएको छ । ब्ल्याक प्यान्थर चितुवा वर्गमा पर्ने गर्छ ।
तस्बिरमा देखिए जस्तै ब्ल्याक प्यान्थर को पुरै शरिर कालो रंगको हुन्छ । काभ्रेमा फेला परेको यो चितुवा ६ फिट लम्बाई र ३ फिट उचाइ भएको बताइएको छ । यसको उमेर करिब १० वर्षको रहेको अनुमान लगाइएको छ ।
अत्यन्त दुर्लभ वन्यजन्तुमा पर्ने यो ब्ल्याक प्यान्थर एसिया र अफ्रिका लगायतका जंगलमा पाइन्छ । ब्ल्याक प्यान्थर के कारणले मरेको भन्ने खुल्न सकेको छैन ।