२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आसिफ र अनिलको अर्धशतकमा नेदरल्यान्ड्सविरुद्ध नेपालको सहज जित



अ+ अ-

काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक शृङ्खला अन्तर्गत नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित टियु मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।

नेदरल्यान्डले दिएको १३८ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका अनिलकुमार शाह र आसिफ शेखले अर्धशतक बनाए । आसिफले ४५ बलमा ८ चौका र १ छक्काको सहयोगमा ५४ रन बनाए । अनिल साहले ३६ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाए ।

कुशल भुर्तेल ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा  टस हारेर ब्याटिङ थालेको नेदरल्यान्ड्सले ३९ ओभरमा अलआउट हुँदै १३७ रन जोडेको थियो । उसका लागि स्कट इडवार्ड्सले ३३, बास डि लिडेले २७, सिब्रान्ड एंगलब्रेच्टले २३, नोहा क्रोइसले १२, म्याक्स ओ’डोडले १० तथा आर्यान दत्तले १० रन जोडे । यस्तै काइल क्लेइन ११ रनमा नटआउट रहे ।

बलिङतर्फ नेपालका लागि कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा रोहित पौडेल र सोमपाल कामी १–१ विकेट लिए ।