२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

खाली पेटमा चिया पिउनुहुन्छ ? थाहा पाउनुहोस् ५ नोक्सान



अ+ अ-

एजेन्सी । तातो चिया पिउने धेरैको बानी हुन्छ । तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ ।

तर, यदि खाली पेटमा चिया पिउनु बानी छ भने आजै सजक रहनुहोस् । खाली पेटमा चिया पिउँदा हुनसक्छन् ५ बेफाइदा

१. खाली पेटमा चिया पिउनुको सबैभन्दा ठुलो बेफाइदा हो एसिडिटी । खाली पेटमा तातो चिया पिउनाले एसिडिटी हुनेगर्छ । यसले पाचन प्रणालीमा उत्पन्न हुने रसलाई समेत प्रभाव पार्ने काम गर्छ ।

२. पाचन प्रणाली कमजोर हुने सबैभन्दा ठुलो कारण भनेकै खाली पेटमा तातो चिया पिउनु हो । यो एक दुई दिन पिउनुले हुने होइन । प्रत्येक दिन खाली पेटमा तातो चिया पिउनाले यस्तो बेफाइदा हुनेगर्छ ।

३. खाली पेटमा चिया पिउनाले तपाईको भोकलाई प्रभावित गर्नसक्छ । यसका कारण तपाईलाई भोक लाग्न बन्द हुनसक्छ । यसो हुनाले तपाईको पोषणमा असर पुग्न सक्छ ।

४. यदी चिया निकै नै उम्लेको छ भने यो झन् स्वास्थ्यको लागि नोक्शादायक हुन्छ । किनभने यसमा कफिनको मात्रा उच्च हुन्छ । यसले खाली पेटमा सीधा प्रभाव राख्छ ।

५. यसका कारण पेटमा जलन, उल्टी हुने समस्या, शरिर भारी हुनेजस्ता समस्या खाली पेटमा चिया खाने भएका कारण उत्पन्न हुनेहुन् । त्यसकारण केही खाइसकेपछि चिया खानु उत्तम हुन्छ ।