२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु मैदानमा लगातार १५ ओडीआई जितेपछि नेपालको पहिलो हार



अ+ अ-

काठमाडौं । प्रशिक्षक मोन्टी देशाइको आगमनपछि नेपालले ओडीआई खेलमा घरेलु मैदानमा पहिलोपटक हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएसँगै नेपालले पहिलो हार पाएको हो ।

मोन्टी देशाइको प्रशिक्षणमा नेपालले टियु मैदानमा लगातार १३ ओडीआई जितेको छ ।  नेपालले अघिल्लो वर्षको लिग-२ मा अन्तिम १२ खेलमध्य ८ खेल घरेलु मैदानमा खेलेको थियो । जसमा नामिबिया र स्कटल्यान्डलाई २-२ खेल जितेको थियो भने यूएई भ्रमणमा ४ मध्य ३ खेल हात पारेको थियो ।

मार्चमा घरेलु मैदानमा खेलेको लिग-२ को अन्तिम सिरिजमा नेपालले लगातार ४ जित निकाल्यो । लिग-२ को ८ ओडीआई जितेको नेपालले प्रिमियर कपमा पनि दुई ओडीआई जितेको थियो।

गत साता नेपालले क्यानडाविरुद्ध लगातार ३ ओडीआई जित्दै सिरिज क्लिनस्विप गर्यो । मोन्टीको प्रशिक्षणमा नेपालले १३ ओडीआईमा शत प्रतिशत जित निकाल्यो । मोन्टीको प्रशिक्षणमा टी-२० आईमा भने नेपाल घरेलु मैदानमा नेपाल पराजित भई सकेको छ । गत नोभेम्बरमा आईसीसी टी-२० विश्वकप छनोटमा ओमानसँग समूह चरण र फाइनल दुबैमा हारेको थियो ।

मोन्टी आउनुअघि पनि नेपालले टियु मैदानमा नोभेम्बर २०२२ को यूएईविरुद्ध सिरिजमा लगातार दुई खेल जितेको थियो ।